News Portal

भारतीय सुरक्षाकर्मीलाई किन छिर्न दिइदैँछ काठमाडौंमा ? के हो खास कुरा ?

एनपर्दा संवाददाता
५८८ पटक

एअर इण्डियाको उडान नम्बर AI २१५ को जहाज चढेर हिजो दिउँसो नयाँ दिल्लीबाट भारतका धेरै जना सरकारी कर्मचारी काठमाडौं उत्रेका छन् । त्यस क्रममा नयाँ दिल्लीस्थित आवासीय तर नेपालको निम्ति गैरआवासीय राजदूतहरु पनि आएका छन् ।

हिजो नेपालका लागि हंगेरीका गैरआवासीय राजदूत आन्द्रास लास्लो किरालीलगायत भारतीय कर्मचारी र तिनका परिवार आएका हुन् ।भारतीय केन्द्रीय सरकारका कर्मचारी अमित सुधिर उपाध्याय, निखिल गजराज,दिपक पुरोहित र तरंकिता पाण्डे दिउँसो ३ बजे काठमाडौं उत्रिएका हुन् ।

हिजै आएका भारतीय कर्मचारीहरुमध्ये काठमाडौंस्थित राजदूतावासका प्रथम सचिव करुन वंशलको परिवारमा रविकुमार वंशलसहित चार जना छन् ।केन्द्रीय सरकारका कर्मचारीहरुमध्ये अमित सुधिर उपाध्याय,निखल गजराज, दिपक पुरोहित र तारंकिता पाण्डे भने बौद्धस्थित होटल हायातमा बसेका छन् ।

हिजोको उक्त उडानबाट भारतीय दूतावासको सुरक्षामा तैनाथ सीआईएसएफ (केन्द्रीय औद्योगिक सुरक्षा बल) का प्रहरी इन्सपेक्टर एम दासको नेतृत्वमा १२ जनाको टोली पनि काठमाडौं आएको विमानस्थल स्रोतले जानकारी दिएको छ । जनआस्थामा खबर छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...