News Portal

राष्ट्रपतिलाई महाभियोग लगाउन हस्ताक्षर संकलन, २ जनाको कमि

एनपर्दा संवाददाता
५९२ पटक

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाउन सत्तारुढ गठबन्धनभित्र तयारी सुरु भएको छ । त्यसका लागि सांसदहरुको गणनामा ध्यान दिन थालिएको बुझिएको छ ।

संविधानको धारा १०१ को उपधारा १ अनुसार राष्ट्रपतिलाई महाभियोग लगाउन प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सांसद संख्याले हस्ताक्षर गरी निवेदन दिए पुग्छ ।

सोही धाराको उपधारा २ बमोजिम महाभियोग प्रस्ताव पारित गर्न तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको कम्तीमा दुई तिहाई बहुमतबाट पारित हुन सक्छ । पारित भएमा राष्ट्रपति पद मु’क्त हुने व्यवस्था छ ।प्रतिनिधि सभामा २७५ सांसद संख्या रहने व्यवस्था भएकोमा यथास्थितिमा २६७ रहेका छन् । राष्ट्रपति भण्डारीवि’रुद्ध महाभियोग प्रस्ताव पारित गर्न १७८ सांसद संख्याको समर्थन चाहिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसद संख्या एकजुट भएर महाभियोगको पक्षमा लागेमा १३ सांसद अपुग हुन्छ । देउवालाई १६५ सांसदले समर्थन गरेका थिए ।

नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर ११ सांसदले मतदान गरेनन् । उनीहरुले पनि महाभियोगको प्रस्तावमा साथ दिएमा २ सांसद कम पर्छ ।एमालेकै नेपाल पक्षमा सांसद संख्या केही बढ्न सक्ने आँकलन समेत गरिएको छ । यसबारे पनि हिसाबकिताब सुरु भएको विश्वस्त स्रोतले बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरु’द्ध महाभियोग प्रस्ताव दर्ता गर्न एक तिहाई सांसदको हस्ताक्षर भए पुग्ने हुँदा कठिन छैन । तर, पारित गर्न दुई तिहाईको संख्या आवश्यक पर्ने भएकाले सजिलो छैन ।

मन्त्रीमण्डल विस्तारका क्रममा सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल पक्षभित्रै अ’सन्तुष्टि देखिने निश्चितप्रायः छ ।

काँग्रेस र माओवादी केन्द्रभित्रको असन्तुष्टिले खासै फरक नपारेपनि जसपा र एमालेको नेपाल पक्षभित्रको असन्तुष्टिले ठूलै फरक पार्न सक्छ । जसपा र एमालेभित्रको गुट परिवर्तन र विवादले सम्भावित महाभियोगको प्रस्तावको मतदानमा पनि असर पार्न सक्छ । त्यसैले महाभियोग पारित गर्न सजिलो भने छैन । https://compaqnews.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...