News Portal

यी १० नेता माधव समूह छोडेर ओली तिर फर्किए, नेपाल बाहेकको अब यसरी बनाउदै छन् एमाले !

एनपर्दा संवाददाता
९८४ पटक

काठमाडौं – आइतबार प्रतिनिधिसभामा अलि अनौठो दृश्य थियो । नेकपा एमालेका सांसदहरुको बेचैनी पनि । संस्थापन पक्षका नेताहरुलाई प्रेम आले, किसान श्रेष्ठ लगायतका केही सांसद शेरबहादुर देउवालाई विश्वासको मत दिन जाँदैछन् भन्ने जानकारी आइसकेको थियो ।

तर उनीहरु रोक्ने पक्षमा उभिएनन् । उता माधव नेपाल पक्षमा झन् समस्या थियो । दिउँसै नेपाल निवास कोटेश्वरमा भीम रावल, भीम आचार्य, गोकर्ण विष्ट लगायतका नेताहरुको माधव नेपालसँग भनाभन चलिसकेको थियो ।

पार्टी एकता हुन लागेका बेला देउवालाई विश्वासको मत दिन हुँदैन र संस्थागत निर्णय गर्नुपर्छ भन्ने उनीहरुको मतमा नेपाल सहमत भएनन् । आफू एक्लै भए पनि देउवाको पक्षमा उभिने बताएर उनले वार्ता टोलीका नेताहरुलाई फर्काएका थिए ।

देउवाले अचानक विश्वासको मत लिने निर्णय गर्नुको उद्देश्य मिल्न लागेको एमाले विभाजन गर्ने रहेको ठहर दोस्रो तहका नेताहरुले गरे । त्यस लगत्तै च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकले विश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निर्णय गर्यो । संसद शुरु भएपछि माधव पक्षका सांसदहरु के गर्ने भनेर संसद भवनमै छलफलमा जुटे । भीम रावलले त दिक्क भएर सांसद पदबाटै राजीनामा दिए । कार्यदलमा रहेर १० बुँदे सम्झौता गरेका नेताहरु मध्यमार्ग खोज्दै थिए ।

जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भनेपछि माधव नेपाललाई उनी निकट नेताहरुले संसद जोगिन भयो अब एमाले जोगाउन विश्वासको मत नदिउँ भन्ने प्रस्ताव राखे । तर नेपालले आफ्नो निर्णय बदल्न नमानेपछि उनीहरु आफैं बदलिए । देउवाले विश्वासको मत पाउने निश्चित भएपछि उनीहरुले एमाले जोगाउनका लागि कोही त संवादमा रहनुपर्छ भन्ने निष्कर्ष निकाले । यसअघि विश्वासको मत दिनुपर्छ भनेर उग्र कुरा गर्ने कतिपय सांसद समेत एकाएक फेरिए ।

लामो छलफलपछि कार्यदलमा रहेका नेतासहित १० जना प्रत्यक्ष निर्वाचित सांसदहरुले दुवै पक्षमा मतदान नगर्ने निष्कर्ष निकालेर संसद भवनबाट बाहिरिए । उनीहरुको निर्णयबाट न माधव नेपाल शन्तुष्ट छन् न त केपी ओली नै । तर पनि पार्टी एकता जोगाउने नयाँ अध्याय शुरु भएको प्रतिक्रिया योगेश भट्टराईले दिए । उनले अब एमालेविरुद्ध ठूलो घेराबन्दी शुरु हुने भन्दै केपी ओलीको अहंकार र माधव नेपालको कुण्ठा अन्त्य हुनुपर्ने बताए ।

यी दश जनाले माधव नेपाललाई छाडेका होइनन् तर न त उनीहरुले माधव नेपाललाई कन्भिन्स गर्न सके, न त माधव नेपालले नै उनीहरुलाई । बरु बाटो अलग गरेर पार्टी एकताको लागि भन्दै उनीहरु बाहिरिए । संसद बंक गर्ने १० जनामध्ये गोकर्ण, योगेश र राजबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेर अदालत जानेमा पर्दैनन् । बाँकी अदालतसम्म गएका हुन् । उनीहरु सबैजना प्रत्यक्ष निर्वाचित सांसद हुन् र ८ जना त एमालेका केन्द्रीय सदस्य नै छन् । https://www.praharnews.com/ बाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...