News Portal

एनएमबि बैंकले ८.४९% ब्याजमै ऋण दिने, २४ घण्टमै ऋण स्वीकृति, ५ वर्ष ब्याज नबढ्ने….

एनपर्दा संवाददाता
१५०८ पटक

काठमाडौं। नयाँ आर्थिक वर्ष लागेसँगै एनएमबि बैंकले गाडी कर्जामा नयाँ स्किम ल्याएको छ।बैंकले ब्याज दर सस्तो र स्थिर भएको ऋण स्किम ल्याएको हो। ऋण कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुने छ।

बैंकका अनुसार ऋणको ब्याज दर वार्षिक ८.४९ प्रतिशत हुने छ। निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुने गरी ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ। असारको आधार दर ७.३३ प्रतिशत छ। ग्राहकको आफ्नै गाडी चढने सपनालाई सस्तो ब्याजले सहयोग पुर्‍याउने बैंकले जनाएको छ। बैंकका देशभर १८१ शाखा छन्। जुनसुकै शाखाबाट पनि ऋण उपलब्ध हुने छ। https://bizmandu.com/ बाट साभार गरिएको हो ।

बालुवाटार बैठकमा माधव नेपालको यस्तो कुरा सुनेर देउवा परे तिन छक्क…
काठमाडौ । नेकपा एमालेको माधव नेपाल समुह सरकारमा सहभागी नहुने कुरा दोहोर्याएको छ । एमाले एकताको प्रयास कामय रहेका कारण सरकारमा नजाने भएका हुन् । मन्त्रीमण्डल विस्तारलगायत विषयमा छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठकमा सहभागी एमाले नेता विजय पौडैलले आफूहरु सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् ।

पौडेल वरिष्ठ नेता माधवकुमार नेपालको तर्फबाट गठबन्धन बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्दा उनले त्यस्तो जवाफ दिएका हुन् । यसअघि मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा वरिष्ठ नेता नेपालले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए।

प्रचण्डले नेपाल समूह पनि सरकारमा सहभागी हुने र बुधबार मन्त्रीमण्डल विस्तार हुन सक्ने बताएकै बेला यस्तो अप्रत्याशित भनाई आएको हो । त्यसैको छलफल गर्न गठबन्धन बैठक बोलाइएको थियो ।

नेपाल पक्षले संविधान जोगाउन मात्र आफुहरुले देउवालाई साथ दिएको बताएका छन् । एकताको पहल चलिरहेकाले नैतिक रुपमा पनि आफुहरु सरकारमा सहभागी हुन नमिल्ने नेपाल पक्षका नेताको भनाई छ । नेपाल पक्षले गठबन्धनलाई भन्यो, हामी सरकारमा सहभागी हुन मिल्दैन, तपाईंहरूले मन्त्रीमण्डल छिटो विस्तार गरेर फटाफट काम गर्नुस् ।’

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...