News Portal

भारतमा रुवाबासी चीनले भारतको होस उडाउने गरी तयारी थालेको भिडियो सरकारी मिडियाबाट सार्वजनिक

एनपर्दा संवाददाता
१९३५ पटक

काठमाडौं ।

चीनले भारतको होस उडाउने गरी तयारी थालेको छ । चीनले भारतसँग पूर्वी लद्दाखमा भइरहेको तनावको बीचमा दबाब दिन खोज्दै छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले आइतबार हजारौं सैनिकहरुको युद्धाभ्यासको एक भिडियो सेयर गरेको छ।

यसको माध्यमबाट चिनियाँ मिडियाले यो देखाउन कोशिश गरिरहेको छ कि सीमामा चीनले कुनै पनि समयमा आफ्नो सेना र हतियार संकलन गर्न सक्छ। भारतीय विज्ञले भने कि यो पुरानो चिनियाँ बानी भएको बताएका छन् । भारतीय विज्ञहरुका अनुसार भारतले पनि चीनको दिमागले खेल्नुपर्ने समय आएको छ् ।

ग्लोबल टाइम्सले दावी गरे अनुसार पीपुल्स लिबरेशन आर्मी (पीएलए) ले चीनको उत्तरपश्चिममा उच्च उचाई भएका क्षेत्रमा ठूलो मात्रामा युद्धाभ्यास गरेको हो । यसमा हजारौं प्याराट्रुपरहरू र आर्मर्ड क्यारिएज समावेश गरिएको छ ।

ग्लोबल टाईम्सको रिपोर्टले देखाउन खोज्यो कि यदि आवश्यक परेमा चीनले आफ्नो सीमा सुरक्षा कत्तिको चाँडो गर्न सक्छ । शनिबार चीन सेन्ट्रल टेलिभिजन (सीसीटीभी) ले पनि रिपोर्ट गर्यो कि पीएलए एयरफोर्सको एयरबोर्न ब्रिगेडले हुबेई प्रान्तबाट हजारौं किलोमिटर उत्तर पश्चिम चीनको पठारमा अज्ञात स्थानमा युद्धाभ्यास गर्‍यो ।

भारतीय रक्षा विश्लेषक नितिन गोखलेले ट्वीट गरे, ‘चीन आफ्नो सैनिकहरू उच्च उचाई क्षेत्रमा यु द्ध गर्न तयार छ भन्ने धारणा बनाउन खोजिरहेको छ। हुनसक्छ यो समय हो कि हामीले पनि उसको दिमाग अनुसार खेल्नुपर्दछ।’

भारतका चीन विज्ञ ब्रह्मा चेल्लनीले चेतावनी दिए, ‘भारतले चीनसँग मैत्री विस्तार गर्‍यो तर चीनको कम्युनिष्ट तानाशाहीले लद्दाखमा आ क्रामकता देखायो । यो घटनाले माओको सन् १९६२ को सैन्य आ क्रमणको सम्झना दिलाउछ । अब भारत होसियार हुनुपर्छ ।’

पटकपटक भएको वार्तामा दुवै देशका सेनाले शान्तिपूर्ण रुपमा विवाद सुल्झाउन सहमत भएका थिए । पूर्वी लद्दाख, भारत र चीनका सेनाहरू बीचको तनाव अन्त्यका बारे शनिबार लेफ्टिनेंट जनरल स्तरका सैन्य कमाण्डरहरूबीच छलफल भएको थियो ।

आइतबार भारतको विदेश मन्त्रालयले यस बारे जानकारी दियो । मन्त्रालयले भन्यो, ‘अब चीन सम्पूर्ण विवादलाई शान्तिमय रूपमा समाधान गर्न तयार छ ।’ बैठक पछि भारतीय विदेश मन्त्रालयले थप भन्यो, ‘दुबै पक्षले कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव पनि सम्झे । यो सहमति भयो कि मुद्दाको प्रारम्भिक समाधानका कारण, सम्बन्ध अगाडि बढ्नेछ ।’ तर प्रतिकृयामा चीनले यस्तो जवाफ फर्काएको हो । अनलाईन समाचारबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...