News Portal

पैसा बसेर कमाउने कि उठेर ? जान्नुहाेस्😃

एनपर्दा संवाददाता
२५७ पटक

पाेखरा, ।

संसारमा हरेक मान्छेको एउटै चासो हुन्छ , पैसा कसरी कमाउने, सुख सयल कसरी प्राप्त गर्ने । धेरैले वैध तरिकाबाटै धेरै भन्दा धेरै पैसा कमाउने सोच राख्छन् ।

कोही सफल हुन्छन् भने कोही असफल हुन्छन् । केहीले भने अवैध तरिकाले पैसा कमाउन चाहन्छन् । संसारमा अवैध तरिकाले पैसा कमाउने कामले भने सुख होइन तनाव मात्रै दिने गरेको छ ।

नेपाल जस्ता अल्पविकसित देशका नागरिकको सोचाई हुन्छ , आफ्ना छोरा छोरीलाई राम्रो विद्यालयमा पढाउा, आफ्नो एउटा सानो घर हाओस्, बिरामी पर्दा सामान्य उपचार गर्न पाइयोस् ।

समाजमा आनो प्रतिष्ठा हाओस् । धेरैको यस्तै चाहना हुन्छ । तर पैसा कमाउने विषय त्यत्ति सहज भने छैन । यसमा केही नयाँ सोच र तरिका जरुरी पर्दछ ।

संसारभरमा नै पैसा कमाउन नचाहने मानिस कमै होलान् । पैसा कमाउनका लागि कोशिसि पनि आवश्यक पर्दछ । त्यसका लागि सबैभन्दा पहिले आनो क्षमता बढाउनु जरुरी हुन्छ ।

क्षमताको प्रयोग गरेर रोजगारी या कारोवार गर्नु उत्तम हुन जान्छ । त्यसबाट बचत तथा लगानीका लागि थप अवसर समेत खोज्न सकिन्छ । वित्तीय क्षेत्रका जानकाहरु भन्छन् पैसा कमाउनका लागि सपना मात्रै देखेर पनि हुँदैन । त्यसका लागि सही र सहज प्रयास समेत गर्नु जरुरी हुन्छ ।

कडा मेहनतको विकल्प छैनः
पैसा कमाउने विषय सजिलो र सहज छैन । त्यसका लागि कडा मेहनत र डेडिकेशनको जरुरी पर्दछ । असाध्यै तल्लो तलबाट माथि उठेका संसारका ठूला मान्छेहरुले जीवनमा गरेको संघर्षका कथा पढ्नुस । दुःखबाट सफलता हासिल गरेर व्यक्तिको कथा र जीवन संघर्षले तपाईलाई प्ररित गर्दछ ।

तपाईको क्षमता बढाउन र मेहनत गर्नका लागि त्यसले तपाईलाई प्रेरित गर्दछ । वारने बफेट हुन वा अमेजनका मालिक वा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश आम्बानीले सपना देखेका कारण नै सफलता हासिल गरेका हुन् ।

कुशलता पूर्वक सफलता हासिल गर्न सकिन्छ । सफलता हासिल गर्नका लागि तपाई सधै तत्पर समेत हुनुपर्दछ । तपाईको सपना पूरा गर्न कडा मेहनत गरेपछि त्यसले मात्रै स्वर्णिम भविस्यको उज्यालो स्म्भावना तय गर्न सक्छ ।

सपना देख्नुस्ः
सपना देख्नेले मात्रै समाजमा ठूलो प्रतिष्ठा, मान प्रतिष्ठा र पैसा समेत कमाउन सक्छ । सपना नदेख्ने र महत्वाकाक्षा नराख्नेले समाजमा कुनै पनि प्रकारको प्रगति गर्न स्क्दैन । सपना र महत्वाकाक्षाले मात्रै तपाईको दायरलाई फराकिलो बनाउन सहयोग पुग्छ । यदि तपाई केही ठूलो काम गर्ने र सपना देख्नुहुन्छ

तब तपाईलाई त्यसले केही न केही थप मार्ग प्रशस्त गरिदिन्छ । सपना देख्नले नै त्यसलाई पूरा गराउन हरसम्भव प्रयास गर्दछ । आफूलाई सफल बनाउन प्रयत्न गर्न स्क्छ । तपाईको त्यस्तो सपनाको कसरी पूरा गर्न सकिन्छ । त्यसका लागि तपाईलाई उपयुक्त लाग्ने योग्य व्यक्तिको समेत सहयोग लिन सक्नुहुन्छ ।

आफ्नो क्षमताको पहिचान गरः
जानकारहरु भन्छन्, तपाईको क्षमता, योग्यता के हो त्यो पहिचान गर्नुस् । त्यसले तपाईलाई सफल हुन मद्दत मात्रै गर्दैन, मार्गनिर्देशन समेत गर्दछ ।

तपाई आनै बारेमा यो जान्न जरुरी छ कि तपाई सबैभन्दा सहज र सपजलो तरिकाले के कमा गर्न सक्नुहुन्छ । तपाईले मनदेखि नै गरेको काम तथा क्षमताको पहिचानले मात्रै तपाईले खोजेको सफलता हासिल गर्न सक्नुहुन्छ ।

यसलाई ध्यानमा राख्नुस कि जीवनमा सफलता हासिल गर्न वा पैसा कमाउनका लागि मतिस्कलाई सही दिशामा लगाउन जरुरी हुन्छ ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...