News Portal

अरू देश बनाउन अमेरिकी सैनिक पठाउने युगको अन्त्य भयोः जो बाइडेन

एनपर्दा संवाददाता
२३०४ पटक

काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुनु एक युगको अन्त्य भएको बताएका छन्।

२० वर्ष लामो युद्धको अन्त्य गर्दै सोमबार अमेरिकी सैनिक अफगानिस्तानबाट फर्किएपछि मंगलबार ह्वाइटहाउसमा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले अफगानिस्तानबाट फर्किने निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित नभएर एक युगको अन्त्य भएको बताएका हुन्।

‘अफगानिस्तानबारे गरिएको निर्णय अफगानिस्तानसँग मात्र सम्बन्धित छैन यो अरू कुनै मुलुक बनाउन ठूला सैनिक अपरेशन गर्ने युगको अन्त्य पनि हो,’ बाइडेनले भने।

आउने दिनमा विदेशी मुलुकमा अमेरिकाले सैनिक शक्तिको प्रयोग कम गर्ने र हस्तक्षेपकारी नहुने बाइडेनको संकेत थियो।

सम्बोधनका क्रममा बाइडेनले आफूले अफगानिस्तानमा युद्धलाई निरन्तरता नदिने प्रतिवद्धता गरेको र अहिले त्यो पूरा भएको बताए। लथालिंग तरिकाले भएको अमेरिकी र अफगान नागरिकको उद्धारलाई पनि बाइडेनले स्वभाविक भएको उल्लखे गरे।

उनले आफ्नो भागमा परेको दोष लिन आफू तयार भएको उल्लेख गर्दै अफगानिस्तान फेरि तालिबानको कब्जामा आउनुमा अरू पनि उत्तिकै दोषी रहेको बताए। उनले आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्प र अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घानीलाई संकेत गरेका थिए।

समाचार संस्था रोयटर्सका अनुसार एक महिनाअघि अफगान समकक्षी घानीसँग भएको टेलिफोन संवादमा बाइडेनले अमेरिकी सेना फिर्ता भए पनि आफूहरूको सहयोग जारी रहने तर त्यसका लागि घानीले सोच बदल्नु पर्ने बताएका थिए।

जुलाई २३ मा भएको टेलिफोन संवादका क्रममा बाइडेनले घानीलाई भनेका थिए(तपाईंसँग अमेरिकाले तालिम दिएको राम्रो सेना छ। ती तीन लाख सैनिक ७०(८० हजार तालिबानसँग लड्न सक्षम छन्।

बाइडेनले घानीले नयाँ योजना अघि सारे अमेरिकाले उनको सरकार जोगाउन हवाई सहयोगलगायत अन्य थुप्रै सहयोग गर्ने बताएका थिए।

तालिबानले काबुल कब्जा गर्नु तीन साताअघि बाइडेन(घानीबीच भएको उक्त संवादले दुबै नेताहरूले यति छिटै तालिबानहरू काबुल आइपुग्छन् भन्ने कल्पना पनि नगरेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...