News Portal

सहीलाई साथ दिँदा हामीलाई दुवै समूहले लखेटे : योगेश भट्टराई

एनपर्दा संवाददाता
१७६३ पटक

काठमाडौं-

पार्टी विभाजन हुँदा एमालेमै बसेका नेता योगेश भट्टराईले एकताका लागि लड्ने मध्यमार्गी नेताहरू अहिले दुबैतिरबाट लखेटिनु परेको गुनासो गरेका छन् । उनले आफूहरू सहि लाईनमा लागेकाले केहि समय लखेटिनु परेको बताएका छन् ।

मध्यमार्गी लाइनमा लागेका नेताहरूलाई दुवैतर्फबाट लखेट्ने काम भएको नेता भट्टराईले गुनासो गरेका छन्। मंगलबार साँझ एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै उनले यस्तो बताएका थिए ।

अन्तर्वार्ताका क्रममा भट्टराईले माधव नेपालले अन्तिम समयमा गलत गरेकाले आफूहरूले सहिको साथ दिएको बताए ।

पूर्वमन्त्री समेत रहेका भट्टराईले माधव नेपालकै कारण एमाले विभाजन भएको र नेपालले अन्तिम समयमा आफूहरूलाई दिएको बताए। आफूहरूले सधै पार्टी एकताकै लागि लडेको स्मरण गर्दै एमाले विभाजन नभएर चोइटिएको बताएका छन् ।

माधव नेपाललाई सुरुवातमा उचालेर अन्तिम समयमा धोका दिएको भन्ने पत्रकारले सोधेको प्रश्नमा उनले आफूहरूले नेपाललाई धोका नदिएको बरू नेपालले आफूहरूलाई धोका दिएको बताए । भट्टराईले माध नेपाल पक्षमा धेरै मानिस नलाग्ने समेत बताएका छन्।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...