News Portal

एमालेमा भयो तेस्रो धारको हार, माधव नेपालको पार्टीमा जाने तयारी !

एनपर्दा संवाददाता
१६६१ पटक

काठमाडौँ ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले २०७५ जेठ २ जस्ताको त्यस्तै दोहोरिए नआउने प्रष्ट पारे पछि एमालेका तेस्रो धार भनीएकाहरु माधव नेपालको पार्टीमा जाने संकेत गरेका छन्। माधव नेपाल छाडेर एमालेमा बसेका नेताहरुले जेठ २ अनुसार १० बुँदे सहमति कार्यन्वयनको कुरा गरिरहेका बेला महासचिव पोखरेलले जस्ताको त्यस्तै नहुने बताए ।

काभ्रेमा एमालेले आयोजना गरेको जिल्ला कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले जेठ २ गतेलाई आधारभूमत रुपमा हेक्का राखेर एकताको मर्म अनुसार पार्टी अगाडि बढ्ने बताए ।

महासचिव पोखरेलले भने जेठ २ जस्ताको त्यस्तै हुँदैन,फेरि दोहोरिएर आउँदैन । हामी कानूनी हिसाबले एमाले भयौं तर जेठ २ भनेर बस्दा एकताको मर्म विपरित हुन्छ । आधारमूत रुपमा एकताको भावनालाई आत्मसात गरेर जेठ २ मा जाने कुरा हो ।

महासचिव पोखरेलले सांसद पद त्यागेर एकताको प्रक्रियामा उभिएका पूर्व माओवादी नेताहरुलाई कमजोर बनाउने वा हतोत्साही गराउने कुरा कुनै पनि हालतमा नहुने भन्दै उनले अहिलेको एमाले जेठ २ अघिको नभएको समेत प्रष्ट पारे ।

महासचिव पोखरेलले अब एमालेमा प्यानल बनाएर चुनाव नहुने भन्दै प्यानलबन्दीले पार्टीलाई तलैसम्म विभाजित बनाउने बताए । जिल्ला अध्यक्ष अशोक ब्यान्जुको अध्यक्षतामा भएको भेलामा टोपवहादुर रायमाझी, गोकुल बास्कोटा, नविना लामा, रेशम लामा लगायतका नेताहरुको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...