News Portal

आजै सपथ खुवाईदै, माधव नेपालको पार्टीबाट मन्त्री बन्नेको नाम टुंगियो, को–को हुन् ६ जना ?

एनपर्दा संवाददाता
३६३८ पटक

काठमाडौं ।

नव गठित नेकपा (एकिकृत समाजवादी) ले सरकारमा पठाउने नेताहरुको नाम टुंगो लगाएको छ । सरकारमा ६ मन्त्रालय पाउने निश्चित भएको एकिकृत समाजवादीले मन्त्री बन्ने ६ जना नेताकै नाम टुंगो लगाएको हो ।

६ वटा मन्त्री र एक राज्यमन्त्री पाउने बताएको एकिकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै भएकोले टुंगो लागिसकेका नेताहरुको नाम सार्वजनिक नगरिएको पार्टी श्रोतले बताएको छ । मन्त्री बन्ने ६ जना नेताको नाम टुंग्याएर राज्यमन्त्री बन्ने एक जनाको मात्रै विकल्प रहेको बताइएको छ ।

गठबन्धन सरकारमा एकिकृत समाजवादीले कुन–कुन मन्त्रालय पाउने भन्ने पक्का नभएकोले मन्त्रीहरुको बरियता के हुने भन्ने एकिकृत समाजवादीले टुंग्याउन सकेको छैन ।

हाल मन्त्री बन्ने पक्का गरिएका भनिएका नामहरुमा जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ र प्रेम आले रहेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवको जिम्मेवारी सम्हालि सकेका श्रेष्ठ काठमाडौंको क्षेत्र नं. ८ बाट विजयी सांसद हुन् भने खतिवडा मकवानपुर जिल्लाको क्षेत्र नं. २ बाट विजयी सांसद हुन् । चौधरी दाङबाट, श्रेष्ठ तनहुँबाट र आले डोटीबाट निर्वाचित सांसद हुन् भने विद्यार्थी राजनीतिमा योगदान भएकी झाँक्री समानुपातिक सांसद हुन् ।

केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका आले आफूलाइै ओलीले रातारात मन्त्रीबाट हटाएको भन्दै आक्रोशित थिए । ओली निकट रहेका आलेले प्रधानमनत्री शेर बहादुर देउवाले संसदबाट विश्वासको मत लिदा ओली क्याम्प छोडेका थिए ।

ओलीकै निकटमा रहेका किसान श्रेष्ठ माथी अघिल्लो वर्ष महेश बस्नेत र सर्वेन्द्र खनालको साथमा लागेर जनता समाजवादीका सांसद अपहरण गरेको आरोप समेत लागेको थियो । ओली इतरका नेताहरुको चर्को आलोचना गर्ने उनी पनि हाल क्याम्प परिवर्तन गरेर मन्त्री बन्ने लाइनमा छन् ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...