News Portal

प्रभु साहले एमाले छोड्दै, नयाँ पार्टी गठन गर्ने तयारी

एनपर्दा संवाददाता
३८८ पटक

काठमाडौं ।

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको तयारीमा जुटेका छन् । राजनीतिक वृतमा कुनै न कुनै रुपमा चर्चामा रहने साहले नयाँ दल दर्ताका लागि थालेको गृहकार्य अहिले चर्चामा छ ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)का नेता साह नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य थिए । नेकपा खारेज भएपछि केपी शर्मा ओलीलाई साथ दिँदै एमाले प्रवेश गरेर साह पुनः मन्त्री बनेका थिए । तर, एमालेमा भनेजस्तो परिस्थिति नबनेपछि साह नयाँ पार्टी गठन गर्ने तयारीमा जुटेका हुन् ।

२०७७ पुष ५ गते ओलीले प्रतिनिधिसभा विघटन गर्दै प्रतिगमनको बाटो रोजेपछि साह पनि ओलीसँगै ‘प्रतिगमन ठिक’ भन्ने पक्षमा थिए । नेकपा खारेज भएपछि एमालेबाट मन्त्री भएपछि माओवादीविरुद्ध कडा भाषण गर्दै आएका साहले एमालेमा उचित ठाउँ पाउन सकेनन् ।

माओवादीबाट एमाले प्रवेश गरेका अन्य नेताले स्थायी कमिटी सदस्यको जिम्मेवारी पाए । तर, दुई–दुई पटक स्थायी कमिटी विस्तार गर्दा पनि साह परेनन् । त्यसैबाट उनी रुष्ट थिए ।

जनयुद्धकै क्रममा माओवादी आन्दोलनमा होमिएका साह तराई क्षेत्रमा राम्रो कपड राख्ने नेता हुन् । त्यसैले माओवादीमा हुँदा साहले राम्रै अवसर पाउँदै आएका थिए । तर, पछिल्लो निर्णयसँगै माओवादीसँग साहको सम्बन्ध टुट्यो । मधेसी जनताबारे गलत धारणा राख्दै आएका ‘केपी ओली ठिक’ भन्ने अवस्थामा पुगेपछि साहसँग मधेसी जनतासमेत रुष्ट छन् ।

ओलीसँग लागेपछि साहले माओवादीप्रति गरेको व्यवहारका कारण अहिले नै माओवादी फर्कने अवस्था छैन । ओली नेतृत्वको सरकारमा मन्त्री भएको बेला माओवादीले सांसद पदबाट कारवाही गरेपछि साह झनै उग्र रुपमा माओवादीविरुद्ध खनिएका थिए ।

आफू विरुद्धको कारवाही खारेज गर्न माग गर्दै सर्वोच्च अदालत पुगेदेखि माओवादी पार्टी नै खारेज गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग पुगेको घटनाले माओवादीमा साहप्रति अति घृणाभाव जागेको देखिन्छ ।

एमालेकै नेतृत्वमा क्रान्तिका बाँकी कार्यभार पुरा गर्नुपर्ने बताउँदै आएका साह पछिल्लो समय एमालेसँग रुष्ट छन् । ओलीसँग कुरा मिल्न छोडेपछि साह ‘नेकपाकै निरन्तरताको रुपमा अगाडि बढ्नुपर्ने’ भन्न थालेका छन् । उनले ओलीसँग यस विषयमा बारम्बार कुरा गरेको तर ओलीले वास्तै नगरेको बताउँने गरेका छन् ।

तर, ओलीले आफ्नो प्रस्ताव नमानेको भन्दै साह नयाँ पार्टी गठनका लागि तयारीमा जुटेका हुन् । नयाँ पार्टी गठनकै अभ्यास स्वरुप पार्टीसँग सल्लाह नै नगरी साहले केही समय अगाडि ‘आइटी आर्मी’ नामक दस्ता गठन गरेका थिए । त्यस विषयलाई लिएर साह पार्टी भित्रबाट आलोचना खेप्दै आएका छन् ।

पछिल्लो समय पार्टी अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै आएका साह क्रान्तिकारीहरुको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्नका लागि नयाँ शक्ति निर्माणमा लाग्नुपर्ने मत राख्दै आएका छन् । https://www.drishtinews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...