News Portal

सबैलाई चकित पर्दै मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री !

एनपर्दा संवाददाता
१०५५६ पटक

काठमाडौँ ।

सत्तारुढ गठबन्धन फ्ट्ने हल्ला चलिरहेका बेला सबैलाई चकित पार्दै सहमती भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार नयाँ मन्त्री नियुक्त गर्ने गरी सत्तारुढ गठबन्धनका दलहरू अन्तिम तयारीमा लागेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ं नेपालले मन्त्रिपरिषद् विस्तारका लागि बिहीबार बिहानैदेखि छलफल चलाएका छन् ।

मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा बिहीबार सत्तारुढ गठबन्धनका २ छुट्टाछुट्टै बैठक बसेका छन् । बिहानदेखि मन्त्रिपरिषद् विस्तारका लागि सत्तारुढका शीर्ष नेता बैठकमा सहभागी भएका थिए ।

जसपाका अध्यक्ष उपेन्द्र यादवको निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको छ ।

त्यसपछि अपराह्न पनि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रचण्ड, नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच समेत छलफल भएको छ । बालुवाटारको बैठकमा जसपाका अध्यक्ष यादव अनुपस्थित रहेका थिए ।

छलफलमा चाँडै नै सरकारलाई पूर्णता दिने विषयमा सहमति भएको नेकपा एसका नेता मेटमणि चौधरीले बताए । ‘भरसक भोलि नै मन्त्रिपरिषद् विस्तार हुने सहमति छ ।

नभए भदौ २८ गते सर्वोच्च अदालतको निर्णय आएपछि सरकार पूर्ण हुनेछ,’ उनले भने । गठबन्धनका नेताहरूबीच एकैचरणमा सरकारलाई पूर्णता दिन नसकिएपनि २ चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको स्रोतले जनाएको छ ।

एमालेले तत्कालीन एमालेका १४ जना सांसदलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको छ । रिटको सुनुवाइ भदौ २८ गते तोकिएको छ ।

कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...