News Portal

घनश्याम भुसालले छोडे एमाले, अरु को-को फर्किने !

एनपर्दा संवाददाता
३२३८ पटक

काठमाडौँ ।

एमाले विभाजनपछि बनेको (एकीकृत समाजवादी) मा घनश्याम भुसाल फर्कने संभावना देखिएको छ । ०७५ जेठ २ गतेको सांगठनिक संरचनामा फर्काउने भनेको निर्णयलाई एमाले नेतृत्वले लत्याएपछि भुसाल चिढिंदै आएका थिए ।

उनले एमालेमा बस्न सक्ने बातावरण सकिएको भन्दै माधब नेपालकै पार्टी (एकीकृत समाजवादी)मा जाने तयारी गरेका निकट स्रोतले जानकारी दियो । उनि सहित अन्य मध्यधार नेताहरु एमालेमा बस्न नसक्ने वताइरहेका छन् । धेरै नेताहरु अहिले पनि अलमलमा नै छन् ।

एमाले फागुन २८ बाट एक कदमपछि नफर्केपछि यी नेताहरुमा वेचैन शुरु भएको हो । तर नेपाल पक्षमा लागेर पनि अन्तिममा एमालेमा फर्केका भुसाल भने नेकपा ९एकीकृत समाजवादी०मा फर्कने भएका छन् । ओलीको बोली व्यवहार राम्रोसंग थाहा पाएका भुसाल एमाले नाम र सूर्य चिन्हका कारण एमालेतिर लागेका थिए ।

तर ओलीले एक दिन कार्यक्रम संचालन गर्न दिएको योगेश भट्टराईलाई त्यसपछि प्रवक्ताको जिम्मेवारी दिएनन् । ओलीले सुदुरपश्चिम प्रदेशमा भीम रावलाई नभएर लेखराज भट्टलाई नै इन्चार्जको जिम्मेवारी दिए । बागमती प्रदेशमा रामबहादुर थापालाई नै इन्चार्जको जिम्मेवारीमा निरन्तरता दिए । जब कि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य इन्चार्ज हुनुपथ्र्यो ।

आँफूहरुले २ जेठमा फर्काउने र १० बुँदे इमानदारी साथ पालन गराउन सक्ने भन्दै एमालेमा फर्केका नेपाल पक्षका नेताहरु अहिले भने पछुताएको सम्बन्ध स्रोतले बतायो । भुसाल भने सांसद पदको माया मारेर नै नेकपा एसमा फर्केने भएका नेकपा एसका एक केन्द्रीय सदस्यले बताए ।

ती सदस्यले भने ‘उहाँलाई पहिला नै एमालेमा जानुहुन्छ भन्ने लागेको थिएन । तर जानु भयो । ओलीले के के न गर्ला भन्ने थियो तर ओली हिजो जे थिए अहिलेपनि त्यहि छन् । त्यहि भएर उहाँ छिटै हाम्रो पार्टीमा आएर महत्वपूर्ण जिम्मेवारी सम्हाल्नु हुन्छ ।’ भुसाल नेकपा एसमा फर्केपछि उनीसंग भएका धेरै नेताहरु एसमा फर्कने स्रोतको दाबी छ ।

केहि सासद चुनावसम्म एमालेमा बसेपनि सांसद नभएका स्थानीय तह, प्रदेश कमिटी र केन्द्रीय कमिटीका नेताहरु फर्कने छन् । भुसाल नेकपा एसमा फर्कने भएपछि उनी निकट नेताहरु पनि फर्कने तयारीमा रहेको निकट एक केन्द्रीय सदस्यले बताए । एमाले विधिवत रुपमा भदौ ९ गते विभाजन भएको थियो । विभाजित एमालेबाट प्रदेश सभा सांसद र स्थानीय जनप्रतिनिधिले नेकपा ९एकीकृत समाजवादी० रोज्ने समय २२ भदौसम्म थियो । जुन समय मंगलबार साँझ ५ बजे सकिएको छ ।

४ जना प्रतिनिधि सभाका सांसदहरुको बारेमा केहि दिनमा निर्वाचन आयोगले निर्णय गर्ने बताईएको छ । एमालेबाट दल विभाजन गर्न दिएको निवेदनमा हस्ताक्षर नभएका एमालेका चार जना सांसदले ९ गते नेकपा एसका पक्षमा सनाखत गरेका थिए तर आयोगले अहिलेसम्म निर्णय लिएको छैन ।

एमालेमा विवाद २०७७ साल २८ फागुनमा अध्यक्ष खड्गप्रसाद ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएर एकलौटी रुपमा कार्यविभाजन गरेका थिए । २३ फागुनमा सर्वोच्चले नेकपालाई विभाजन गराएर माओवादी केन्द्र र एमाले ब्यूताएको थियो ।

त्यसको पाँच दिनपछि ओलीले नेकपा हुंदा नै माधवकुमार नेपाल पक्षमा लागेका नेताहरुको जिम्मेवारी खोसेर एकलौटी रुपमा आफ्ना पक्षका नेताहरुलाई जिम्मेवारी दिए । त्यहि दिन नै २३ जना माओवादीबाट एमालेमा बसेका नेताहरुलाई केन्द्रीय कमिटीमा थपे । नेपाल पक्ष र ओली पक्षबीच नेकपामा भएको विवाद झन थपिदै गयो ।

नेपाल पक्षले ४–५ गते चैतमा ललितपुमार राष्ट्रिय भेला गरेर देशभरी समानान्तर कमिटी निर्माण गरे । एमालेको विवाद कम हुनुको सट्टा बढ्दै गयो । समानान्तर गतिविधि एमालेमा निरन्तर जारी रहे । जेठ ७ गते मध्यराती फेरी ओलीले संसद विघटन गरे । विघटनका विरुद्ध प्रतिपक्ष दलहरुका साथै नेपाल पक्ष सर्वोच्च अदालत गए ।

अन्त अदालतले पनि ओलीको दोस्रो पटकको संसद विघटन पनि उल्ट्याइ दियो । तर एमालेमा मात्र होइन नेपाली राजनीतिमा जालझेलमा अब्बल ओलीले एमाले मिलाउनु भन्दा पनि आफूमात्र जित्न चाहे । जसको पहिलो उदाहरण हो ६ गते जेठमा राष्ट्रिय सभाको निर्वाचन थियो । एमालेको तर्फबाट उम्मेदवार थिए रामबहादुर थापा । गठबन्धनको तर्फबाट थिए खिमलाल देवकोटा ।

एमालेको हार निश्चित थियो । तर पनि ओलीले त्यो चुनावमा सकेसम्म आफ्नो पक्षमा पार्न २ जेठमा एमालेमा विवाद समाधान गर्न भन्दै १० सदस्यीय कार्यदल गठन गरे । तर थापाले हारे देवकोटाले जिते । ८ गते बालुवाटारमा बसेको स्थायी कमिटी बैठकबाट कार्यदल एक पक्षीयरुपमा विघटन गरे ।

ओलीले हरेक कुराहरु जालजेलका लागि प्रयोग गर्थे । कार्यदलपनि देवकोटा हराउनको लागि प्रयोग गर्न खोजेका थिए भएन । तर एमालेका दोस्रो तहका भनिएका नेताहरु कार्यदल विघटन भएपनि भेटघाटमा जुटि रहे तर केहि उपलब्धि भएन । दोस्रो संसद विघटन विरुद्ध परेको मुद्दा सर्वोच्चमा थियो ।

उक्त मुद्दाको फैसला असार २८ गते हुदै थियो । तर ओलीले फेरी आफैले विघटन गरेको कार्यदल ब्युताए । मुद्दालाई प्रभावित गर्न सकिन्छ भनेर २७ गते राती १० बुँदे प्रस्ताव पास गरे । तर २८ गते सर्वोच्चले ओलीको विघटन उल्टाइ दियो । त्यसपछि १० बुँदे एमालेमा एतान उताको भएको थियो । अन्तत एमाले विभाजन हुने भएपछि फेरी १० बुँदेको फण्डा झिके ।

१० बुँदे कार्यन्वयन गर्ने भन्दै नेपाल पक्षका दोस्रो धारका नेताहरुलाई जिम्मेवारी दिने भन्दै बैठक बोलाए । नेपाल पक्षका दोस्रो धारका १० जना नेताहरु पनि ओलीको पक्षमा लागे । तर अन्तःएमालेमा ओलीले २ जेठमा पनि फर्काएनन् । नत १० बुँदे इमान्दारी साथ लागु गरेका छन् । फेरी एमालेमा फर्केका १० जना दोस्रो पुस्ताका नेताहरु असन्तुष्टि प्रकट गर्न थालेका छन् । यो असन्तुष्टि केहि दिनमा पोखिने भएको छ । यसको शुरुवात भुसाल नेकपा एकीकृत समाजवादीमा फर्केर हुने भएको छ । https://compaqnews.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...