News Portal

सुजाता कोइरालालाई पछाडी पार्दै परराष्ट्रमन्त्रीमा रामकुमारी झाँक्री नियुक्त…!

एनपर्दा संवाददाता
२०२६ पटक

काठमाडौं, ।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) सहभागी हुने निश्चित नै छ । सर्वोच्च अदालतले २८ गते बोलाएको छलफल सकिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी सतारुढ गठबन्धनको छ ।

यसबीच परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधारसहित पर्यटन, भूमिसुधार, खेलकुद लगायतका ६ मन्त्रालय पाउने भनिएको एकीकृत समाजवादीबाट सरकारमा कसले नेतृत्व गर्छ भन्ने धेरैको चासो छ । करिब एक वर्षका लागि सरकार संचालन गर्ने समय भएकाले मन्त्रालय प्रभावकारी रुपमा चलाउन सक्ने व्यक्ति पठाउनुपर्ने दबाब नेताहरुलाई छ ।

पार्टी अध्यक्ष माधव नेपाल अझन् दबाबमा छन् । मन्त्री हुनलाई संघीय सांसद हुनुपर्छ । माधव नेपालका संघीय संसदमा ३० सांसद छन् । जसमध्ये मुकुन्द न्यौपाने, बेदुराम भुसालहरु वरिष्ठ हुन् ।

माधव नेपालले वरिष्ठताको आधार बनाए मुकुन्द न्यौपाने वा बेदुराम भुसालमध्ये एकजनाको नेतृत्वमा नेकपा एस सरकारमा सहभागी हुने सम्भावना छ । तर, नेकपा एसकै एक नेता न्यौपाने र भुसालको नेतृत्वमा नभइ तेस्रो व्यक्तिको नेतृत्वमा सरकारमा जाने सम्भावना रहेको बताउँछन् ।

भुसाललाई महामन्त्री बनाउने तयारी माधव नेपालले गरेकाले उनले पार्टी संचालनको जिम्मेवारी पाउने र न्यौपानेको यसअघिको पर्फमेन्स राम्रो नभएकाले दुवैजना सरकारमा नजाने उनको भनाइ छ ।

‘बेदुरामले पार्टी चलाउने भनेपछि सरकारमा जाने कुरा भएन,’ ती नेताले भने, ‘मुकुन्द पनि हुनुहुन्छ । तर, उहाँहरु दुवैजना नजाने सम्भावना छ ।’ मुकुन्द न्यौपाने २०५६ तिर उद्योगमन्त्री बनेका थिए । त्यतिबेला उनको प्रस्तुति सन्तोषजनक थिएन । त्यहीं कारण न्यौपानेको सम्भावना कम रहेको बताइन्छ ।

‘मुकुन्द्र कमरेडको राम्रो पर्फमेन्स नै भएन,’ ती नेताले भने, ‘उहाँको नेतृत्वमा जाँदा उपप्रधानमन्त्रीसहित जानुपर्यो । अहिले उपप्रधानमन्त्री नबाउने जस्तो पनि छ । अनि राम्रो मन्त्रालय पनि हुनुपर्यो । त्यसकारण उहाँको सम्भावना छैन ।’

उसो भए तेस्रो व्यक्ति को हो ? जसले सरकारमा जानेहरुको नेतृत्व गर्नेछ ? न्यौपाने र भुसाल नजाने भएपछि सांसदहरुमध्ये विरोध खतिवडा वरिष्ठ हुन् । यद्यपी मुकुन्द न्यौपानेबाहेक बेदुराम र विरोध पार्टीमा सिनियर भए पनि यसअघि मन्त्री नभएका कारण सरकारको वरियतामा उनीहरुभन्दा प्रेम आले अगाडि आउछन् । एकपटक मन्त्री भइसकेका कारण बरियताक्रममा उनको नाम पहिले आउँछ ।

नेकपा एसबाट प्रेम आले, विरोध खतिवडा, मेटमणि चौधरी, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, भवानी खापुङ लगायत मन्त्री हुने सम्भावना छ ।

स्रोतका अनुसार रामकुमारी झाँक्री परराष्ट्रमन्त्री बन्ने पक्का भएको छ। https://hamrosandesh.com/ बाट साभार गरीएको हो ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...