News Portal

प्रचण्ड सबै हिसाबले राम्रो छन्, उनमा एउटैमात्र खराबी छ: केपी ओली

एनपर्दा संवाददाता
४५४ पटक

काठमाडौं-

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि आक्रोश पोखेका छन्।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भएको समेत आरोप लगाएका थिए।

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो। ‘प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो। तर धोकेबाज नेता हो।

राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो। कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने।

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो।

‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो। जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन्। मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन्। ०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन्।

गौरमा २४ जना मारिएका छन्। तिनैसँग साैदाबाजी गरिरहेका छन्। कार्यकर्ता मारिरहेका छन्। लेनदेनको राजनीति गरिरहेका छन्,’ उनले भने, ‘प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो। माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्।’

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको बताउँदै उनले भने, ‘धम्क्याउनुपर्‍यो भने म आगो हुँ नजिक्याऊ भन्ने। मैले पनि दुई बाल्टी पानी हाल्दिउला भनेँ।

केको आँटले धम्क्याउन खोजेको हो?’ प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न माओवादी केन्द्रमा अल्झिएकालाई ओलीले एमालेमा आउन आग्रह गरेका थिए।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...