News Portal

अबको चुनावपछि प्रचण्ड कार्यकारी राष्ट्रपति पक्का !

एनपर्दा संवाददाता
३६७ पटक

काठमान्डौं ।

सत्तारुढ नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरुले सो दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी राष्ट्रपति हुने दाबी गरेका छन्।

अखिल (क्रान्तिकारी) का उपाध्यक्ष पञ्चा सिंहले आगामी निर्वाचनपछि प्रचण्ड मुलुकको पहिलो कार्यकारी राष्ट्रपति हुने दाबी गर्दै प्रचण्ड राष्ट्रपति नभई मुलुक उँभो नलाग्ने जिकीर गरिन्।

अखिल (क्रान्तिकारी) कैलालीको २० औं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सिंहले भनिन्, ‘अबको निर्वाचनपछि मुलुकलाई दक्षिणपन्थतिर धकेल्ने सारा प्रयासहरु असफल हुनेछन् र प्रचण्डले पहिलो कार्यकारी राष्ट्रपतिको रुपमा गणतन्त्र नेपालको नेतृत्व गर्नेछन्।’

कार्यक्रममा माओवादी क्रेन्द्रका नेता तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट, कैलाली अध्यक्ष लाल बहादुर सोडारी, पूर्वसांसद हरि ज्ञवालीलगायतले सम्बोधन गरेका थिए।

एमाले छोड्न लागेका भीम रावल अब अध्यक्ष ओलीपछिको सबैभन्दा शक्तिशाली नेता !
नेकपा एमालेका उपाध्यक्ष भीम रावल पार्टी अध्यक्ष केपी शर्मा ओली पछिको सबैभन्दा शक्तिशाली नेताको रुपमा चर्चामा आएका छन् । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले अध्यक्षको दाबेदार नेता भीम रावलले प्रदेश संयोजक हुन मरिहत्ते गर्नु नपर्ने बताएका छन्। नेता थापाले रावललाई आफूहरुले सिनियर नेता मानेको भन्दै उनी उपाध्यक्षको पदीय हिसाबले नै जिम्मेवारीमा रहनुपर्ने बताएका हुन्।

‘जेठ २ मा जाने कुरा पनि शतप्रतिशत कार्यान्वयन गरिसकेका छौं। यसबीचमा कुनै न कुनै जिम्मेवारी दिने कुरामा कुनै विवाद छैन,’ थापा भन्छन्, ‘भीम रावल त अब अध्यक्षको दाबेदार हुने मानिस तल प्रदेशमा गएर त हुँदैन। उहाँलाई हामीले सम्मान गरेर अगाडि बढ्नुस भनेका छौं।’

एमाले सुदूरपश्चिमको इन्चार्ज को हुने भन्ने अन्योलकैबीच आइतबार बिहान बालकोटमा शीर्ष नेताहरुसँगको छलफलमा ओलीले सुदूरपश्चिम इन्चार्ज परिवर्तन नहुने प्रष्ट पारेका थिए। ओलीले एमाले सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारीमा स्थायी कमिटी सदस्य लेखराज भट्ट नै यथावत रहने बताएका छन्।

‘पार्टीको प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुनुहुन्छ। अहिलेको कार्यविभाजनमा भीम रावल उपाध्यक्ष हुनुहुन्छ। सहजीकरण गर्ने कार्यदल बनेको छ। त्यसको सहजीकरण गरिरहनुभएको छ,’ छलफलमा सहभागी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले भने, ‘सबै नेताहरुलाई राखेर अध्यक्षले प्रदेश इन्चार्ज लेखराज भट्ट नै हुने र उपाध्यक्ष रावल सहजीकरणको जिम्मेवारीमा रहने भन्नुभयो।’

सुदूरपश्चिमको इन्चार्जमा रावल र भट्टले आ–आफ्नो दाबी गरेपछि आइतबार बालकोटमा शीर्ष नेताहरु राखेर ओलीले छलफल गरेका हुन्। शनिबार बसेको स्थायी कमिटीको बैठकमा यस विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन। नेकपा एमालेले १० बुँदे कार्यान्वयनका सन्दर्भमा सहजीकरण गर्न सुदूरपश्चिममा नेता रावल, भट्ट र कर्ण थापालाई जिम्मेवारी दिएको छ।

तर छलफलमा सहभागी उपाध्यक्ष रावलले २०७५ जेठ २ मा पार्टी फर्किएकाले आफू नै प्रदेशको इन्चार्जको जिम्मेवारीमा रहनुपर्ने अडान राखेका थिए। २०७५ जेठ २ मा फर्कने १० बुँदे सहमति अनुसार उपाध्यक्ष भीम रावल सुदूरपश्चिमको प्रदेश संयोजक हुनुपर्ने थियो। तर, ओलीले अहिलेको नेकपा एमाले जेठ २, जेठ ३ देखि पुस ५ र पुस ७ पछि बनेका सबै संरचनाबाट निर्माण भएको भन्दै ओलीले भट्टले नै अहिले प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्ने प्रष्ट पारेका हुन्।

केहीदिन अघि एमाले स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकले दश बुँदे सहमतिलाई रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरेको थियो। दश बुँदे सहमति र ओलीको कार्यशैली परिवर्तन नभएको भन्दै माधवकुमार नेपालले छुट्टै पार्टी गठन गरिसकेका छन्। यद्यपि, यसअघि माधव नेपाल समूहमा रहेका रावलसहितका नेताहरू विभाजनमा नलागेर एमालेमै बसेका छन्।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...