News Portal

माधव नेपालको पार्टीमा भटाभट साँसदहरु जान थालेपछि एमाले फुटाउने अर्को अध्यादेश खोज्दै देउवा सरकार

एनपर्दा संवाददाता
५९९ पटक

काठमाडौँ-

आन्तरिक किचलोका कारण एकपटक फुटिसकेको पार्टी नेकपा एमालेलाई थप फुटाउने उद्देश्यका साथ प्रधानमन्त्री शेरबहादुर देउवाले अर्को अध्यादेश ल्याउले या अन्य कुन प्रक्रियामा जाने बह्नेरा कानुनी परामर्श थालेको कुरा चर्चामा छ ।

एमालेमा विद्रोह गरेर माधवकुमार नेपाल नेतृत्वको पार्टी (नेकपा एकीकृत समाजवादी) गठन गरेपछि मध्यमार्गी भन्दै एमालेमै बसेका कतिपय नेताहरूलाई सहज हुनेगरी जुक्ती खोजी गरिएको बताइएको छ ।

त्यसमाथि पनि विशेष कारणले आयोगमा सनाखत गर्न नसकेका सांसदहरुलाई मध्यनजर गर्दै एमाले फुटाउने अध्यादेश ल्याउने वा नयाँ कुनै प्रक्रियामा जाने भन्ने तयारी गरिएको हो ।

यसअघि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले फुटेको थियो । अध्यादेश जारी भएसँगै तत्कालिन एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २० प्रतिशत संख्या पुर्याएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरेका थिए ।

भदौ २ गते राष्ट्रपति भण्डारीले जारी गरेको अध्यादेशमा पार्टीको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत सदस्यले ‘एकैपटक’ दल दर्ताको निवेदन दिनसक्ने प्रावधान रखिएको थियो । उक्त प्रावधानका कारण एमालेमा रहेका तर नेकपा एसमा जान चाहने सांसदलाई अप्ठ्यारो भएको भन्दै फेरी अर्को अध्यादेश ल्याउने तयारी भएको हो ।

स्रोतका अनुसार हाल नेकपा एमालेमा रहेका केही नेताहरु एसमा जान खोजिरहेका छन् । तर कानूनी प्रावधानका कारण उनीहरुलाई सजिलै त्यहाँ जान सजिलो भने छैन ।

त्यसैले उनीहरुको सहजताका लागि सत्ता साझेदारका नेताहरुबीच अध्यादेश ल्याउने चर्चा चल्न थालेको हो । अध्यादेश आए नेकपा एमाले अझै फुट्नेछ । माधव नेपाल नेतृत्वको पार्टीको आकार बढ्ने देखिएको छ ।

केही दिन अगाडी प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एसमा जान खोजेका थिए । तर उनीहरुलाई जान सहज भने थिएन । उनीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले उनीहरुलाई एमालेले अब कारबाही गर्न नपाउने आदेश दिएको छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...