News Portal

बालकोटमा तनाव अन्ततः ईश्वर पोखरेलले नै छाडे केपी ओलीको साथ !

एनपर्दा संवाददाता
४९७ पटक

काठमाडौँ-

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको साथ छोडेका छन् । ओलीको साथ छोडेर पोखरेलले आगामी मंसिर ११ र १२ गते हुने १० औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन् ।

तर आफू बिनाप्रतिस्पर्धा अध्यक्षमा निर्वाचित हुने र आफ्नो दासत्व स्वीकार्नेलाई पदाधिकारी र स्थायी कमिटी लैजाने ओलीको रणनीति देखिन्छ । यो कुरा बुझेर ईश्वर पोखरेलले अध्यक्षमै उम्मेदवारी दिने घोषणा गरिदिए । यसले एमाले फेरि फुट्ने संकेत गरेको छ । नवौं महाधिवेशनमा ओलीले ईश्वर पोखरेललाई अध्यक्ष बनाउने बचन दिएका थिए । तर, ओली आफैँ अध्यक्ष बन्ने भएपछि ईश्वरले ओलीलाई चुनौती दिएका छन् ।

ओलीले अबको एक कार्यकाल पार्टी अध्यक्ष बन्ने र दुईतिहाइ मत ल्याएर प्रधानमन्त्री बन्ने र त्यसपछि नेतृत्व हस्तान्तरण गर्ने घोषणा ईश्वर पोखरेल भएकै बैठकमा गरेका थिए । ​त्यसका निम्ति ‘विरोधीरहित पार्टी’ ओलीको मूलसूत्र हो ।

सोही अनुसार अहिले केपी ओलीले पार्टीको विधान संशोधन गरेर महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था गरेका छन् । उक्त व्यवस्थाअनुसार, पार्टीका पदाधिकारी र स्थायी कमिटी सदस्य चुन्ने अधिकार अध्यक्षमा हुने छ । तर ओलीसँग कुनै परामर्श नगरी ईश्वले अध्यक्षमौ उम्मेदवारी दिने योजना सुनाए । विपरितको कुरा गर्दा आफ्नो अध्यक्षलाई रिस उठ्छ भन्ने कुरा पनि ख्याल नगरी ईश्वरले ओलीकै कुर्ची ताकेका छन् ।

बालकोटस्रोत अनुसार ईश्वरको यो अभिव्यक्ति सुनेपछि ओली ‘बा’ले निकटस्थहरुका बीच संक्षिप्त प्रतिक्रिया दिए, ‘ए, अध्यक्ष नै पो‘।’ ओलीले ईश्वर पोखरेललाई कसरी ‘ठेगान’ लगाउँछन् । किनभने, आफ्नो कुर्सी ताकिएकै कारण साढे तीन वर्षमा ओलीले सब कुरा भत्काउन तयार भए ।

देशमा दुईतिहाई नजिकको दलीय हैसियत, पाँच वर्षसम्म पार्टीले बिनाअवरोध चलाउने सरकार, शक्तिशाली प्रधानमन्त्री पद, सातमध्ये ६ प्रदेशमा एकल बहुमतको सरकार, स्थानीय तहमा सुविधाजनक बहुमत, भएभरका संवैधानिक, राजनीतिक नियुक्ति, राजदूतदेखि प्रदेशसम्मका विभिन्न अवसर– यी सब कुरा प्रचण्डले ‘प्रधानमन्त्री ताकेको’ कारण भताभुङ भएका छन् ।

ओलीका निम्ति ती सबै क्षति स्वीकार्य भए, आफ्नो पद जाने कुरा स्वीकार्य भएन । ओलीले आगामी महाधिवेशनबाट आफू अध्यक्ष भएपछि शंकर पोखरेललाई महासचिव र विष्णु पौडेललाई उपाध्यक्ष बनाउने तयारी गरेका छन् ।

त्यो कुरा बुझेपछि आफ्नो ‘पोजिसन’ सुरक्षित पार्न अहिले नै अध्यक्ष घोषणा गर्ने र पछि सम्झौताका क्रममा सकेसम्म महासचिव सुरक्षित राख्ने, नभए पनि उपाध्यक्षमा सुरक्षित बस्ने उनको चाहना हो भन्ने बालकोटको बुझाई छ ।

तर, ओलीलाई ईश्वर पोखरेलको घोषणा र चाहनामा वास्ता छैन । ओलीसँग भएकै शंकर पोखरेल, विष्णु पौडेल र प्रदीप ज्ञवालीहरुको घेराबाट उक्सिने उपाय खोजिरहेका ईश्वर पोखरेलका निम्ति माधव नेपाललाई छाडेर गएका ९ जनाको घेराबन्दी झनै सकसपूर्ण हुने भएको छ । एमालेमा स्थानको खोजिएका देखिएका उनी भौतारिको देखिन्छ ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...