News Portal

प्रचण्ड केही गर्न नसक्ने ‘पापी’ मन भएर देउवाको पुच्छर भएः टोपबहादुर देउवा

एनपर्दा संवाददाता
२९६ पटक

काठमाडौं ।

नेकपा एमालका नेता टोपबहादुर रायमाझीले कुनै बेलाका आफ्नै ‘सुप्रिम कमाण्डर’ एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पापीको संज्ञा दिँदै अनुशासनहीन नेता भएको बताएका छन् ।

बुधबार रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले अध्यक्ष प्रचण्डलाई पापी मन भएको बताउदै प्रतिपक्षको पुच्छर समाएर हिँड्ने अनुशासनहीन नेता भएको बताए ।

‘देशको राजनीतिक स्थिरताका लागि केपी शर्मा ओली नै ५ वर्षका प्रधानमन्त्री हुनुपर्छ भनेर प्रस्ताव राख्ने अनि पछि केपी शर्मा ओली त कामै नलाग्ने, काम गर्न नसक्ने भनेर अनावश्यक आरोप प्रत्यारोप लगाउने गरियो ।

यो के सही हो ? के स्वास्र्थले ५ वर्षका लागि प्रधानमन्त्री भनियो ? के कारण स्थिरता भनियो ?,’ उनले भने, ‘पापी मनले उहाँलाई त्यस्तो गरिएको थियो । त्यसपछि उहाँलाई फेरि अपदस्थ गर्न खोजियो ।

पार्टीभित्र अनावश्यक किचलो हालियो । त्यसपछि आफ्नो पार्टीका सांसद, नेता र प्रतिपक्षको नेतालाई समातेर अघि बढेपछि, पुच्छर बनेर हिँड्न थालेपछि त्यो सांसद र ती नेताहरुको औचित्य छ रु पार्टीको अनुशासनमा नबस्ने त्यस्तो नेतालाई कारवाही गर्न उचित थियो ।’

नेता रायमाझीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर ताजा जनादेशमा जानु उत्तम भएको पनि बताएका छन् । तर, प्रचण्ड प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्न नसकेपछि संसद विघटन असफल भएको उनले बताए ।

उनले भने, ‘नयाँ ताजा जनादेशमा जानु उत्तम थियो, लोकतन्त्र थियो, जनताले फेरि जनादेश दिने अवस्था आउँथ्यो तर, पुच्छर बनेर हिँडेपछि काम गर्न दिइएन ।

संसद विघटन गर्दा अलोकतान्त्रिक भनियो । त्यसैले संसद विघटन गरेर चुनावमा जानु लोकतान्त्रिक र संसदको नयाँ अभ्यास हुने थियो । तर, आफू प्रधानमन्त्री र पार्टी अध्यक्ष पनि नबन्ने र संसद विघटन गर्न नदिने ।’

विदेशी शक्तिको आँडमा जनादेशको ठाउँमा परमादेश आएको पनि उनले बताएका छन् । उनका अनुसार त्यसैअनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टिको लगाएर प्रधानमन्त्री बनाइयो ।

सूर्य चिन्हमा लडेर जित्ने अघि रुखको पुच्छर भएर हिँड्ने भन्दै प्रचण्डलाई उनले प्रश्न गरेका छन् । यस्तो कार्यलाई गद्धारी र ठूलो भूल भएकाले प्रचण्डलाई सम्झिन सम्झाए ।

साथै, कांग्रेसको नेतृत्वमा समृद्धि र समाजवाद नआउने पनि उनको दावी छ । साथै, आगामी चुनावमा कांग्रेससँग गठबन्धन गरेर हिँड्न र समृद्ध ल्याउन नसक्ने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस्

रामकुमारी झाँक्रीको कमाल : प्रदीप ज्ञवाली र गोकर्ण विष्टलाई धक्का लाग्ने गरी नयाँ नेतृत्व

काठमाडौं – नेकपा एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले यतिबेला देशव्यापी संगठन निर्माण...

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न...

त्यो टोपबहादुर भन्नेलाई कति चोटी मन्त्री बनाएँ, बादललाई सम्झिँदा पनि एलर्जी हुन्छ : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी नेताहरुमाथि कटाक्षा गरेका छन्।...

केपी ओलीकी ’छोरी’ले पाइनन् कापी–कलम, नियमित स्कुल जानै छाडिन्

खड्क सुनार मुगु – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभिभाकत्व ग्रहण गरेकी मुगुम कार्मारोङ गाउँपालिका– ८...

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी...