News Portal

धन ल्याउछु भन्दै उडेका नेपालीहरु यसरी फर्किए श’व बनेर रातो काठको बा’कसमा

एनपर्दा संवाददाता
२३६ पटक

दोहा :

आफ्ना इच्छा, चाहना वा आवश्यकता परिपूर्तिका लागि आफ्नो देश छाडेर रोजगारिका लागि अन्य मुलुक जानुलाई नै वैदेशिक रोजगारिका रुपमा लिइन्छ । नेपालमा औद्योगिक क्रियाकलाप अत्यन्तै कमजोर भएको र कृषिमा पनि समसामयिक आधुनिकीकरण गर्न नसक्नाले आयमा कमी हुँदा जीवन निर्वाह गर्न पनि कठिन परिरहेको छ ।

जसले गर्दा अहिले लाखौ नेपाली युवा वैदेशिक रोजगारमा जान बाध्य भइरहेका छन् र रोजगारी गएका युवाहरु मध्ये दैनिक एक जना त काठको बा’कसमा फर्किने गरेका छन् ।

लोक गायक प्रकाश सपूतलेले भने जस्तै धन ल्याउछु भन्दै गएका थियौ,उडेर आकाशमा। कस्तो भइ गयौ,कस्तो भइ आयौ,काठको बा’कसमा। यो गीतलाई चरिथार्थ गर्दै सुन्दर सपनाहरु मनमा राखेर खाडी लगायत बिभिन्न देश पसेका नव जवान युवाहरु यसरी दैनिक काठको बा’कसमा फर्किनु पर्दा कस्को मन न’रोला र ?

यस्तै, कोरोना र अन्य विभिन्न कारणले खाडी लगायत मलेसियामा मृ’त्यु भएर रोकिएका ८७ वटा नेपाली कामदारको श’व नेपाली पठाईएको खाडीस्थित नेपाली दूतावासहरुले जनाएका छन् । विदेशबाट नेपालीहरुको स्वदेश फिर्ती सँगै त्यहाँ रोकिएका श’व पनि नेपाल पठाईएको हो ।

नेपालमा लकडाउन भएपछि कोरोना लगायत अन्य विभिन्न कारणले ४० जनाको मृ’त्यु भएको र हालसम्म २० जनाको श’व नेपाल पठाईसकिएको छ भने ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको कतारस्थित नेपाली दूतावासले जनाएको छ । कतारमा अझै ११ जनाको श’व रहेको छ ।

हालसम्म साउदीबाट २० वटा श’व, मलेसियाबाट ३१ वटा श’व, कुवेतबाट ७ जना श’व नेपाली पुगिसकेको छ भने यूएईबाट ५ नेपालीको श’व नेपाल पठाईसकिएको त्यहाँ स्थित नेपाली दूतावासले जनाएको छ ।

यस्ता, बहराइनबाट ३ वटा श’व, ओमानबाट १ वटा श’व पनि नेपाल पुगिसकेको छन् । अझै बाँकी कतारमा ११ जनाको श’व’, साउदीमा ५९ श’व र मलेसियामा २३ श’व बाँकी रहेको त्यहिँ स्थित दूतावासहरुले जनाएका छन् । यस्तै यूएईमा १४ जनाको श’व, कुवेतमा ५ जनाको श’व र बहराइनमा १ जना श’व नेपाल पठाउन बाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...