News Portal

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

एनपर्दा संवाददाता
३०२ पटक

चितवन ।

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् ।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’

प्रचण्ड र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

माधव नेपालको ‘एस’ पार्टीले पहिलो बलमै हान्यो छक्का, रच्यो ईतिहास !
नेकपा (एकीकृत समाजवादी) ले इतिहास रचेको छ । एकीकृत समाजवादीले सबैभन्दा समावेशी पदाधिकारी गठन गरेको हो । तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाएको छ ।

विहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले तीन सय एक सदस्यीय केन्द्रीय कमिटी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

केन्द्रीय समितिले महासचिवमा बेदुराम भुसाललाई चयन गरेको छ। उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ र जयन्ती राई चयन भएका छन्।

उपमहासचिवमा प्रकाश ज्वाला, डा। गंगालाल तुलाधर र डा। विजय पौडेल छन्।यस्तै, सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र राजेन्द्र राईलाई चयन गरिएको छ।

यसअघि सचिवालय बैठकमा राईको नाम सचिवमा प्रस्ताव नगरिएको भए पनि केन्द्रीय समितिले उनलाई सचिवमा चयन गरेको हो। पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल रहने यसअघि नै टुंगो लागिसकेको छ भने नेतामा मुकुन्द न्यौपानेलाई चयन गरिएको छ।

योसँगै नेपालका राजनीतिक दलमध्ये एकीकृत समाजवादी सबैन्दा समावेशी बनेको छ । पदाधिकारीमै दुई जना महिला भएको एक मात्र पार्टी हो । काँग्रेसमा र एमालेमा एक जना मात्र महिला पदाधिकारी छन् भने माओवादी र जसपामा महिला पदाधिकारी नै छैन ।

यस्तै लोसपा, राप्रपा विवेकशील साझामा पनि एकीकृत समाजवादी जस्तो समावेशी कमिटी छैन । एकीकृत समाजवादीमा भूगोलको प्रतिनिधित्व समावेशी बनेको छ । एकीकृत साजवादीले पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय समिति पूर्ण समावेशी बनाएको छ ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...