News Portal

भर्खरै आयो देशभरका एकिकृत समाजवादी पार्टीका नेताकार्यकर्ताका लागि निकै ठूलो खुसीको खबर !

एनपर्दा संवाददाता
१३४१ पटक

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का देशभरका नेताकार्यकर्ताहरुका लागि निकै ठूलो खुसीको खबर छ । सो पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।

अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि महाराजगञ्जस्थित त्रिवि, शिक्षण अस्पतालमा बुधबार भर्ना गरी उपचारका क्रममा छन्। अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएर सामान्य कुरा गर्न थालेको पार्टीका नेता जीवनराम श्रेष्ठले जानकारी दिए।

अध्यक्ष नेपाललाई केहीदिनमै अस्पतालबाट डिस्चार्ज गरिने उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन्।वरिष्ठ छातीरोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली पूर्वप्रधानमन्त्री नेपालको उपचारमा संलग्न छ।

नेकपा एमालेबाट अलग भएको माधवकुमार नेपाल पक्षद्वारा नवगठित नेकपा (एकीकृत समाजवादी) ले पनि गठबन्धन सहमतिअनुसार एक राज्यमन्त्रीसमेत ६ जना मन्त्री सरकारमा पठाउने तयारी गरेको छ।

उसले भने नेता मन्त्री बनाउनेको नाम लगभग टुंगो लगाइसकेको छ। उनीहरू हुन्– विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ। बाँकी एक मन्त्रीमा भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनाको नाम पठाउने कुरा छ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...