News Portal

कति मुल्य छ त नेपालका पुर्वराजाहरुले पर्योग गरेको श्रीपेचको, कति हो त यसको मुल्य

एनपर्दा संवाददाता
६९७ पटक

काठमाडौँ ।

नेपालमा कुनै समय राजाहरुको शासन थियो। तर, गणतन्त्रपश्चात जनताले चुनेका प्रतिनिधिले जनताको सेवा गर्छन्। तर, नेपालमा शाहवंशीय राजाहरुको शासन सकिएको १ वर्ष पुग्दा पनि त्यसका अवशेषहरुका विषयमा बहस चलिरहेको छ।

तत्कालीन राजाहरूले राज्याभिषेक गर्दा वा राजगद्दीमामा बस्दा टाउकोमा श्रीपेच पहिरिने चलन थियो। यो चलन रोमन संस्कृति हो। नेपालमा यो परम्परा कहिले भित्रियो भन्ने तथ्य यकिनका साथ भन्न सकिँदैन।

देशमा गणतन्त्र स्थापनासँगै शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६५ साल जेठ २ गते तत्कालीन गृहमन्त्री कृष्ण सिटौलालाई श्रीपेच जिम्मा दिए।राजतन्त्र सकिएलगतै नारायणहिटी राजदरबारलाई संग्रहालयका रुपमा विकास गरियो।

तत्कालीन राजाहरूले प्रयोग गर्ने सबै समान संग्रहालयमा राखियो। तर, श्रीपेच चाहिँ सार्वजनिक गरिएन। श्रीपेच अहिले पनि बन्द कोठामा राखिएको छ।बन्द कोठामा राखिएसँगै त्यसलाई नेपाल सरकारले असुरक्षित महशुस गर्दै बिमा गर्ने प्रक्रियाअघि बढायो। तर, मूल्य तय हुन नसक्दा श्रीपेचको बिमा गर्ने काममा अवरोध आयो।

किनभने बिमा गर्न कुनै पनि वस्तुको ठोस मूल्य निर्धारण गर्नुपर्छ। तर, श्रीपेचको मूल्य कति हो भनेर अनुमान मात्र गर्न सकिन्छ। किटान गरेर भन्न नसकिने संस्कृति विभागका अधिकारीहरु बताउँछन्।

बिमा कम्पनीले यसको मूल्य तय गर्न भनेपछि यसलाई बहुमूल्यको नाम मात्र दिन सकेको संग्रहाहलयले यसमा समावेश गरिएका वस्तुहरूको मूल्य आँकलन गर्न सकेपनि श्रीपेचको मूल्य तय गर्न सरकारलाई गाह्रो पर्यो। श्रीपेचमा सुन, चाँदी, हिरा, मोति, पन्नाजस्ता बहुमूल्य धातु हुन्छन्। श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको हुन्छ।

हुमायो चरा संसारबाटै लोप हुन लागेको छ। त्यसैले श्रीपेचको पुनर्निर्माण गर्न असम्भव रहेकाले अहिले पनि सरकारलाई मूल्य निर्धारण गर्न समस्या भएको छ। बिमा गर्ने भनेको क्षतिपछि त्यसलाई पुनर्निर्माणका लागि हो। हुमायो संसारबाटै लोप हुने चरणमा छ, जसकारण प्वाँख पाउन सकिँदैन। त्यसैले श्रीपेच फेरि बनाउन असम्भव छ।

यो श्रीपेच कुन राजाको पालामा निर्माण भएको हो र यसको डिजाइन कसले गरेको भन्ने पनि यकिन प्रमाण रहेको छैन। ‘तर, यो एकदमै बहुमूल्य वस्तुबाट बनेको छ, यसको सुरक्षा र संरक्षण गर्न अति नै आवश्यक देखिन्छ,’ एक संस्कृतिविद् भन्छन्।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...