News Portal

आज नै मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी, १८ मन्त्रीमा को–को ?

एनपर्दा संवाददाता
२४६७ पटक

काठमाडौं ।

सत्तारुढ गठबन्धनमा रहेका चार दलले मन्त्रिपरिषद् विस्तारको लागि अन्तिम तयारी गरेका छन् । गठबन्धनमा पाँच दल रहेको भएता पनि राष्ट्रिय जनमोर्चा पार्टी सरकारमा सहभागी नहुने भएपछि चार दलले सरकारमा सहभागी हुने अब बाँकी १८ जना मन्त्रीको नाम तय गर्ने अन्तिम तयारी गरेका हुन् ।

सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले यसअघि प्रधानमन्त्री सहित गृह, कानून, परराष्ट्र र स्वास्थ्य मन्त्रालय लिइसकेको छ भने नेकपा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय लिई सकेको छ । बाँकी १८ मन्त्रालय प्रधानमन्त्री देउवा आफैले सम्हालि रहेका छन् ।

नेपाली कांग्रेसबाट यसअघि बनेका सबै मन्त्री देउवा समूहका छन् । अब बन्ने मन्त्रीहरुमा रामचन्द्र पौडेल र कृष्ण प्रसाद सिटौला समूहबाट सुजाता कोईराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन के.सीको नाम प्रस्तावित भएका छन् । देउवाको रोजाइमा पुष्पा भुसाल पर्ने भएता पनि देउवाले यस अघि आफ्नो समूहबाट मन्त्री बनाउँदा भुसाललाई अटाउन सकेनन् ।

त्यसै गरी यसअघि जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्री बनाएको नेकपा (माओवादी केन्द्र) बाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई, सुदन किराती, जयपुरी घर्ती, अञ्जना विशंखे, शशी श्रेष्ठ, मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डल चर्चामा रहेका छन् । मन्त्री छनोट गर्ने जिम्मेवारी पाएका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई यी नाम मध्ये चार जना छनोट गर्न अफ्ठेरो छ ।

हालसम्म सरकारमा सहभागी नभएको नेकपा (एकिकृत समाजवादी)बाट भने मन्त्रीमा सहभागी हुनेहरुको नामावली टुंगिएको छ । विरोध खतिवडाले नेतृत्व गर्ने गरी मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्ये ६ जना यस पार्टीबाट मन्त्रिमण्डलमा सहभागी हुनेछन् ।

त्यसै गरी सत्तारुढ गठबन्धनमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री बन्ने पक्का भएको छ । विशेष श्रोतका अनुसार बुधबार गठबन्धनको बैठक बसेपछि मन्त्रिपरिषद् विस्तार हुनेछ ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...