News Portal

एमालेका यी ६ शक्तीशाली नेताले छोड्ने भए एमाले, एकिकृत समाजवादी प्रवेश तयारी

एनपर्दा संवाददाता
३८८९ पटक

काठमाडौं-

नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका १० जना नेताहरुले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिदै आएका छन् । तर, ओली १० बुँदे हुबहु कार्यान्वयन गर्न नसकिने अडानमा छन् ।

सहमति कार्यान्वयन नहुँदा उपाध्यक्ष भीम रावलसहित १० नेताहरु असन्तुष्ट छन् । विगतमा माधवकुमार नेपाल पक्षधर ती नेताहरु पार्टी विभाजन हुँदा नेपाललाई साथ नदिई एमालेमै बसेका थिए । उनीहरुलाई १० बुँदे सहमति कार्यान्वयनको वचन दिइएको थियो ।

एमालेको कमिटी र जिम्मेवारी २ जेठ २०७५ को अवस्थामा फर्काउने १० बुँदाको मुख्य विषय हो । त्यतिबेलाको कमिटी र जिम्मेवारी अनुसार विभिन्न प्रदेशमा माधव नेपाल पक्षधरहरु इञ्चार्ज थिए । तर, ओलीले इन्चार्ज परिवर्तन गरेका छन् । त्यसप्रति रावललगायतका नेताहरु असन्तुष्ट छन् ।

उपाध्यक्ष रावलले १० बुँदे सहमति कार्यान्वयनमा जोड दिए । उनले पार्टीको जिम्मेवारी सहमति अनुसार हुनुपर्ने र त्यसमा कुनैपनि सम्झौता नभएको स्पष्ट पारेका छन् ।

एमालेको १० भाईमा उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यका अलावा स्थायी कमिटी सदस्यहरु अमृतकुमार बोहरा सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

प्रतिकृया दिनुहोस्

फेरि अर्थमन्त्री जनार्दन शर्माको अर्को एक्सन– बन्द रहेका उद्योगहरू सञ्चालन गरिने !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बन्द रहेका सरकारी स्वामित्वका उद्योगहरू सञ्चालन गर्नेगरी तयारी भइरहेको बताएका...

एकीकृत समाजवादीको लक्ष्य : ७ लाख संगठित, २८ लाख पार्टी सदस्य

काठमाण्डौ | नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभर सात लाख संगठित सदस्य बनाउने अभियान थालेको छ।...

एकीकृत समाजवादीको पक्षमा कम्तीमा २८ लाख भोट ल्याउँछाैँ : मन्त्री झाँक्री

काठमाण्डौ | सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बनिबनाउ घरको नाममा केही साथीले दास बन्ने कोसिस गरेको...

माओवादीसँग गठबन्धन गरेर मात्र एमालेको बहुमत आएको होः बिरोध खतिवडा

काठमाडौं । स्वास्थ्य तथा तथा जनसङ्ख्यमन्त्री विरोध खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनीतिक...

प्रकाश ज्वालाका स्वकीय सचिवसहित सिंगो गाउँ नै एमालेमा प्रबेश, रित्तियो माधब नेपालको समाजवादी

काठमाडौँ | नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै...