News Portal

ओलीले भन्दा दश गुणा उत्कृष्ट काम गरेर देखाऊँछु : शहरि विकास मन्त्रि रामकुमारी झाँक्री

एनपर्दा संवाददाता
४०३ पटक

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पहिलो एक्सन आफ्नै श्रीमानमाथि लिन लागेको खबर छ । उनले आफ्ना श्रीमानको सरुवा गरेर आफू मातहतको मन्त्रालयमा तान्न लागेकी हुन् ।

उनी पहिलो पटक मन्त्री बनेकी छन् । विद्यार्थी राजनीतिबाट नेपालको मुलधारको राजनीतिमा प्रबेश गरेकी झाँक्रीलाई मन्त्री बन्न पार्टी नै फुटाउन परेको छ ।

पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी छन् । अरु जस्तो उनलाई मन्त्रालय चलाउन खासै समस्या हुने छैन् ।

किन भने उस्तै प्रकृतिको मन्त्रालयको उपसचिव छन् उनको श्रीमान् । झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव छन्।

भौतिक मन्त्रालयकै छेउ भएर झाक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ। पुरीलाई सरुवा गरेर सहरी विकास मन्त्रालय ल्याउने उनको तयारी छ ।

कुनै मन्त्री सफल हुनका लागि कर्मचारीको सबैभन्दा ठूलो हात हुन्छ । त्यसमा पनि सचिवालयमा काम गर्ने सरकारी तर्फको स्वकीय सचिवको भुमिका झन महत्वपूर्ण हुन्छ ।

उनको स्वकीय सचिव बनाउन सम्भव नभएपनि महत्वपूर्ण विभागमा ल्याएर कामलाई सहज बनाउन सकिने बुझिएको छ ।

नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् । त्यही साथका कारण झाँक्री गाँठि भन्त्रालय पाएकी छन् ।

झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन् । उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन् ।

यस अघि उनको स्वास्थ्य र पर्यटन मन्त्री बन्ने चर्चा भएको भएपनि अन्तत उनी शहरी विकास मन्त्री बनेकी हुन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मकवानपुरबाट निर्वाचित खतिवडा एकीकृत समाजवादीबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता हुन्

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...