News Portal

ओलीद्वारा १० बुँदे सहमति कार्यान्वयन, भिम रावल एमालेको दोस्रो अध्यक्ष घोषणा

एनपर्दा संवाददाता
४३६२ पटक

काठमान्डौं ।

एमाले उपाध्यक्ष भीम रावलले दशबुँदे सहमतिसँगै पार्टीमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि अध्यक्ष बनाउने सहमति भएको दाबी गरेका छन् ।

दशबुँदे सहमति कार्यान्वयन गर्न गठित कार्यदल संयोजकबाट पाँच दिनअघि बाहिरिएका रावलले आइतबार राजीनामापत्र सार्वजनिक गर्दै त्यस्तो दाबी गरेका हुन् ।

‘दशबुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नका लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलले राजीनामापत्रमा भनेका छन्,

‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष स्वयं, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षका रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो ।’

रावलले गत ५ कात्तिकको स्थायी समिति बैठकमा कार्यदलबाट राजीनामा घोषणा गरेका थिए । उनले लिखित रूपमा गत १० कात्तिकको बैठकमा राजीनामा पेस गरेका हुन् । राजीनामापत्र भने आइतबार सार्वजनिक गरेका हुन् ।

नेपाललाई पनि दोस्रो अध्यक्ष बनाएर पार्टी एकता जोगाउन तयार रहेको अध्यक्ष केपी ओलीले विभाजनअघिको केन्द्रीय कमिटीमा घोषणा गरेका थिए । तर, नेपालले आफूलाई दोस्रो अध्यक्ष स्वीकार्य नभएको भन्दै सार्वजनिक कार्यक्रममा अन्य नेताको नाम प्रस्ताव गरेका थिए ।

दशबुँदे सहमतिलगत्तै कार्यान्वयनका लागि ओली र नेपाललाई भेटाएर दुई अध्यक्षमा लैजाने सहमति निर्माणमा संलग्न नेताहरूको प्रयास असफल भएपछि एमाले विभाजित भएको थियो ।

सुदूरपश्चिममा दशबुँदे कार्यान्वयन भएन, अन्यमा पनि समस्या
रावलले राजीनामापत्रमा सुदूरपश्चिम प्रदेशसहित कतिपय जिल्लामा दशबुँदे कार्यान्वयन नभएको पनि उल्लेख गरेका छन् । ‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानि–१२ को कार्यान्वयन भएको छैन, १ नम्बर प्रदेशका ताप्लेजुङ, सुनसरी, २ नम्बर प्रदेशका सर्लाही र बारा, बागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिकाअन्तर्गत कीर्तिपुर नगर कमिटीलगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाजलगायतका जनसंगठनहरूमा अपानि–१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहीँबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन्,’ रावलको राजीनामापत्रमा उल्लेख छ ।

पार्टी एकता कायम गर्न दशबुँदे सहमति कार्यान्वनय गर्दै दुईजना अध्यक्षको व्यवस्था गर्ने विषयमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास बालकोटमा पार्टी अध्यक्ष, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा त्यस्तो सहमति भएको थियो

रावलले दशबुँदे सहमति कार्यान्वयनमा दोहोरो मापदण्ड अपनाएर आफूलाई सुदूरपश्चिम प्रदेशको जिम्मेवारी नदिइएकोसमेत दाबी गरेका छन् । ‘पार्टीको निर्णय र सहमतिको कार्यान्वयन गर्दा कुनै पनि किसिमले दोहोरो मापदण्ड अपनाउन मिल्दैन भन्ने स्थापित मान्यता हो ।

०७५ साल जेठ २ गतेअघिको स्थितिमा पार्टी र जनसंगठनलाई फर्काउने र पार्टी एकीकरण हुँदा त्यहाँ हुनुभएका र नेकपा (एमाले) पुनर्जीवित भएपछि यही पार्टीमा रहनुभएका कमरेडहरूलाई दशबुँदे सहमतिको बुँदा नम्बर दुई र चारमा उल्लेख भएबमोजिम गर्नेमा कुनै विमति हुन सक्दैन ।

तर, कहीँ एकीकरणका वेला जसको जे जिम्मेवारी थियो सोही गर्ने भन्ने र कहीँ त्यसलाई नमान्ने कुरा पार्टी पद्धतिको दृष्टिकोणबाट नै गलत हुन्छ,’ रावलले भनेका छन्, ‘उदाहरणका लागि म स्वयं नेकपा (एमाले), सुदूरपश्चिम प्रदेश समन्वय कमिटी (जसलाई अपानि–१२ ले स्पष्ट रूपमा स्वीकार गरिसकेको छ) को संयोजक थिएँ ।

पछि पार्टी एकीकरण भएका वेला त्यस प्रदेशको इन्चार्ज थिएँ । मेरो हकमा ती दुवै प्रावधान लागू नहुने तर्क कसरी र केका आधारमा गर्न मिल्छ ? त्यसो गर्ने हो भने पार्टी अध्यक्ष कमरेडले पटक–पटक, विशेषतः पार्टीका बैठकहरू र भदौ ७ गते आफ्नै निवासमा, ‘पक्षपात गरिनेछैन’ भनी सबैका सामु गर्नुभएको वाचाविपरीत हुन्छ । त्यस्तो गर्दा पार्टीमा पुनः अविश्वास र मतभेद सिर्जना हुने मात्र होइन, नेतृत्वले भन्ने र दिने वचनको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा हुन्छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...