News Portal

भाईटिकाको चलनअघि दाजुभाई-दिदीबहिनीबीच यौ’न स’म्ब’न्ध हुन्थ्यो….

एनपर्दा संवाददाता
१४७६ पटक

काठमाडौं ।

वरिष्ठ संस्कृतिविद् तथा इतिहासकार डा .जगमान गुरुङले भाइटीका अघि दाजुभाई, दिदी बहिनीबीच नै यौन सम्पर्क हुने गरेको बताउनु भएको छ । तिहारको बिषयमा चक्रपथ अनलाइनका लागि बिनु सुवेदीसँगको लामो अन्तरवार्तामा गुरुङले यस्तो तथ्य खोल्नुभएको हो ।

तिहारको पाँच दिन र भाइटीकाको बिषयमा डा गुरुङको भनाई यस्तो छ

तिहार हाम्रो एउटा चाड हो । हिन्दीमा तेउहार भनिन्छ । तेउहारले तिहार होइन, सिंगै चाडपर्ब भन्ने जनाउँछ उनीहरुकोमा । उनीहरु तिहारमा दीपावलीसम्म मनाउँछन् । त्यसैले उनीहरुको र हाम्रो तिहार मिल्दैन ।

हामी यमपञ्चकको पाँच दिनलाई तिहार भन्छौं । अब बुझ्नु पर्ने कुरा छ, यमपञ्चक केलाई भनिन्छ भनेर । यम भनेको धर्म । धर्म भनेको नीति नियम हो । पञ्चक भनेको पाँच दिन ।

पाँच दिन मनाइने पाँच तिहारमा काग, कुकुर, गोरु, गाई र मान्छे छुट्टा छुट्टै पुजिन्छ । यसले त्यो बेला देखिको समाज र संस्कृतिलाई जनाउँछ ।

त्यसबेला के कुरा केन्द्रमा थियो समाजले त्यही चिजलाई पूजा गर्दै आएको छ । पहिलेको घुमन्ते, शिकारी, पशुपालन, कृषि, हुँदै अहिले मान्छे आधुनिक युगमा आइपुग्यो । घुमन्ते युगमा सूचनाका केही साधन थिएनन् ।

त्यसबेला सूचनाको मुख्य सहयोगी कागलाई बनाइथ्यो । काग बोटमा बसेर करायो भने समाचार ल्याएको भन्ने मानिन्थ्यो । काग काराएपछि मान्छेहरु ‘सुवोल सुवोल, ठाँउ सरी बस, शुभ समाचार ले’ भन्थे ।

आफ्नो जीवनमा सूचना ल्याउने सहयोगी भनेर कागलाई पूजा गर्न थालियो । त्यसपछि मान्छे शिकारी युगमा आयो । त्यो बेला शिकार खेल्नका लागि कुकुरको प्रयोग गरिन्थ्यो । कुकुरको सुंघ्ने शक्ति तेज हुन्छ ।

उसले के हुँदैछ भनि अगाडि नै जानकारी दिने र अन्य जनावारको आक्रमणबाट बचाउने गथ्र्यो । कुकुरलाई आज्ञाकारी जनावारको रुपमा मानिन्छ । त्यसैले कुकुर मानिसको शिकारी जीवनको सहयोगी हो ।

शिकार खेलेर मासुले पालिदै गरेका मान्छेहरु पशुपालन गरेर बस्न थाले । दूध, दहि, घिउ, उत्पादन गर्ने र अन्य ठाँउका मान्छेसँग तिनै सामान साटेर खान थाले ।

वस्तु विनिमयको युग त्यसरी सुरु भयो । खाद्य वस्तु र अन्य साधनलाई सम्पत्ती मान्ने बेला थियो त्यो । त्यसबेला गाईंलाई पुज्न थालियो । पछि मुद्राको अविष्कार भएपछि बेचबिखन हुन थाल्यो ।

भविश्यका लागि वस्तु भन्दा पनि मान्छे पैसा कमाउन थाले । त्यसैले उनीहरुले गाईलाई लक्ष्मीको रुपमा पुज्नथाले भने मुद्रा र रुपैयाँ पैसाको पूजा गर्ने चलन पनि त्यसै बेलादेखि भयो ।

पशुपालन युगसँगै खेतीको युग सुरु भएको पाइन्छ । त्यसपछि माछेहरु कर्सन कर्ममा लागे । कर्सन भन्या कृषिकर्म । कृषिको लागि गोरु प्रयोग हुन्थ्यो । कृषिको मुख्य सहयोगी गोरुलाई उनीहरु देवतासरी मानेर पूजा गर्नथाले । गोरु मान्छेको कृषि जीवनको द्योतक हो ।

त्यसपछि आयो भाइटीका । तिहार भनेको चाहिँ सु–सभ्य, सु–संस्कृत मानव जीवनको द्योतक हो । त्यसबेला आफ्नै परिवारका सदस्यबीच यौन सम्बन्धको चलन थियो ।

त्यस्तो चलन रोक्दै दाजुभाई र दिदीबहिनीबीच यौन सम्बन्ध हुनुहुँदैन भन्ने चलन आयो । एकले अर्कोलाई पूजा गर्ने सम्बन्धको रुपमा या भनौं सुसंस्कृत र सभ्य समाज निर्माण गर्न यसको विकास भएको देखिन्छ ।

कार्तिक शुक्ल द्वितीयाको दिन यमराज आफ्नो बहिनी यमुनाको घरमा गएर टीका लागाएको पौराणिक कथा छ । तर यसको वैदिक कथा अर्कै छ । ऋग्वेदको ‘यमयमी शुद्ध’ भन्ने कथामा छ यो कुरा । यम र यमी भन्ने जुम्ल्याहा दाजुबहिनी थिए । एक दिन बहिनी यमीले दाइ यमसँग बैवाहिक जीवनमा बाधिन प्रस्ताव गर्छिन् ।

यौन सम्बन्धमा जाने प्रस्तावले उ विचलित हुन्छ । यमले बहिनीलाई एउटै आमाबाट एकै समयमा जन्मेकाले हामीबीच त्यस्तो सम्बन्ध हुँदैन भनेर सम्झाउँछ । मान्छेको धर्म भनेकै नैतिकतामा छ ।

पछि यहि कुरा ऋग्वेदले यमुना र यमराजको कथामा परिणत गर्यो । बेद भनेको समाजका चालचलनलाई लिपिवद्ध गरेको कुरा हो ।

त्यसबेला समाजमा हुने यौन जीवनलाई सु–ब्यवस्थित गर्दै आजको यो सभ्य समाज निर्माण भएको छ । यस्तो चाड अन्य कुनै मुलुकमा छैन । नेपालकै उत्तरी भेगमा पाँच पत्नी बिवाह गर्ने चलन अझै यदाकदा छ । त्यस्तै गुरुङ र तामाङमा पनि कुटुम्बेली चल्छ ।

मगरमा पनि यो चलन थियो । तर अहिले पाल्पा, स्याङजा, तनहुँका मगरहरुले मामाकी छोरी विवाह गर्ने फुपूकी छोरी नगर्ने भन्ने चलन ल्याएका छन् । ठकुरीमा पनि यस्तै चलन छ ।

बिस १९९४/१९९५ सालमा रंगनाथ पौडेल प्रधानमन्त्री हुँदा पश्चिम सतथौलाका जैसी बाहुनहरुलाई एउटा रुक्का पठाएर तिमीहरुले भाञ्जी बिवाह नगर्नु भनेका छन् । रुक्का भनेको अर्डर पेपर हो । मनुस्मृतिमा लेखिएको छ

‘दक्षिणे मातुली कम्पा, उत्तरे माषेमक्षण ।’ यो भनेको भारत तिरका बाहुनले मामाका छोरी बिहे गर्छन् र उत्तरकाले मासु खान्छन् । मतलव ती दुबै नराम्रा हुन् भनिएको छ ।

मुसलमानले आफ्नै दाइभाईका छोरी विवाह गर्छन् । कोख र यो८नी मात्र बार्ने चलन तिनीहरुको छ । यम र यमीको कथाबाट चाहिँ आर्यहरु परिष्कृत हुँदै भाइ तिहारका रुपमा सभ्य संस्कृति अघि बढाएको देखिन्छ । त्यसैले तिहार नैतिकताको धरोहर हो ।

यसले नीति नियम कायम गरायो । समाजलाई सभ्य र सुसंस्कृत बनायो । त्यसैले सभ्य जीवन, सुसंस्कृत र आर्दश जीवन जीउने शन्देश यम द्वितीयाले दिएको छ । https://pathivaranews.com/ बाट जस्ताको तस्तै साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...