News Portal

छिमेकीको देशको माया : चीनभरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा…

एनपर्दा संवाददाता
२७९ पटक

काठमाडौं |

चीनको केन्द्रीय प्रचार विभाग र चिनियाँ अन्तर्राष्ट्रिय टेलिभिजन कर्पोरेशनद्वारा निर्मित ‘रेकर्ड द सिल्क रोड’ नामक तीन भागको वृत्तचित्रमा नेपालको पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत समेटिएको छ ।

उक्त वृत्तचित्र मंगलबारदेखि बिहीबारसम्म चीनको सीसीटीभी–१० च्यानलमा प्रशारण भइसकेको छ ।

प्रशारित वृत्तचित्र हेरेपछि विदेशीहरूको नजरमा चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ले विश्वका केही क्षेत्रमा सकारात्मक र उत्साहजनक परिवर्तनहरू देखापर्न थालेको निश्कर्ष निस्किएको बताइन्छ ।

बीआरआईका कारण मानवजातिको साझा भविष्य र उन्नत समुदाय निर्माणमा ठूलो महत्व रहेको सन्देश समेत प्रशारण भएको छ ।

वृत्तचित्रमा नेपालको पोखरास्थित निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल परियोजना चीनको प्रमुख प्रचार परियोजनाहरुमध्ये एक हुनु छिमेकी नेपालको निम्तिसमेत सुखद् विषय बनेको छ ।

चिनियाँ सहयोगमा निर्माण भइरहेको उक्त परियोजनालाई चीनले निकै महत्व दिएको वृत्तचित्रको निर्माण र प्रशारणबाट समेत प्रमाणित भएको नेपाल चीन सम्बन्धका जानकारहरु बताउँछन् ।

चिनियाँ समाचार स्रोतका अनुसार सीसीटीभी टोलीले उक्त विमानस्थल छायाँकनको निम्ति दुई वर्षअघि परियोजना साइटको भ्रमण गरेको थियो । जतिबेला परियोजना भर्खर शुरु भएको थियो । हाल अन्तर्राष्ट्रिय टेलिभिजनबाट प्रशारित उक्त वृत्तचित्र चीनका अन्य १० वटा घरेलु टेलिभिजनहरुले समेत प्रशारण गर्ने भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...