News Portal

महाधिवेशनपछि फेरि एमाले फुट्दैछ, आधा मान्छे समाजवादीमा आउछन : माधब नेपाल

एनपर्दा संवाददाता
७७९ पटक

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपा एमाले फेरि महाधिवेशपछि फुट्ने निश्चित रहेको बताएका छन । उनले भने अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताएका छन् ।

मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठन बन्धनले ओलीको तानासाह प्रवृत्ति, दम्भ र अहंकारलाई परास्त गर्नेपछि नेपाली जनताले ओलीको बोलिलाई विश्वास गर्न छोडेको बताए ।

ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओलीको स्वेच्छाचारी, मनपरि र भ्रष्टाचार प्रवृत्तिका कारण एमाले बदनाम हुँदै छ । त्यसको परिणाम एमाले अब आउने निर्वाचनहरूमा भोग्ने निश्चित छ ।’ओलीको प्रवृत्ति र बिचौलियाहरूको प्रवेशका कारण महाधिवेशन पश्चात् एमाले पार्टी फुट्ने निश्चित रहेको उनले बताए ।

समाजमा रहेका विकृति, विसंगति तथा भ्रष्टाचार विरुद्ध सजग र सतर्क रहन अध्यक्ष नेपालले कार्यकर्तालाई निर्देशनसमेत दिए । पार्टीका धनुषा जिल्ला अध्यक्ष रामचन्द्र पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश २ संयोजक धर्मनाथ साह, प्रदेश २ का उद्योग पर्यटन तथा वन मन्त्री सत्रुधन महतो लगायतले मन्तव्य राखेका थिए ।

ओलिका दास हनुमान बाहेक सबैले एमाले छाड्दैछ्न : डा.गंगालाल तुलाधार
नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले स्थायी कमिटीका १० जना नेताहरुले आफूहरुलाई धोका दिएको बताएका छन् ।

निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले माधव नेपाल समूहमा रहेका तर पार्टी विभाजनमा साथ नदिएका नेताहरुले धोका दिएको बताए ।

‘आजको ठाउँमा आउनको निम्ति तिनै १० जना साथी, जो मध्यपन्थी भएर केपी ओली कमरेडलाई दायाबाया राखेर प्रफुल्ल मुद्रामा फोटो खिचाउँदै हुनुहुन्छ, पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो’ उनले भने, ‘उहाँहरुले धोका दिनुभयो ।’

नेता तुलाधरले ती नेताहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण र पुनर्जागारणको अभियानमा छुटेको आरोप लगाए ।

उनले पार्टी विभाजन आफूहरुको बाध्यता भएको बताएका छन् । नयाँ पार्टी दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले एमालेमा सुधारको संकेत नदेखिएपछि अर्को पार्टी गठन गर्नुपरेको बताए ।

‘पार्टी अर्को बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म कमरेड केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’

एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको उनको भनाइ छ । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च गर्‍यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ उनले भने ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...