News Portal

केपी ओली जस्तो नेता नेपालमा अरु छैन, उनी दुई जिब्रे कुरा पनि गर्दैननः डा. सुन्दरमणि दिक्षित

एनपर्दा संवाददाता
३८३ पटक

काठमाडौं ।

नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले एमालेमा ओलीको विकल्प नै नभएको दाबी गरे ।

उनले भने,‘आजको दिनमा ओलीको विकल्प ओली नै हो । उहाँलाई टक्कर दिने नेता एमालेमा कोही पनि छैन् ।

उहाँ आफ्नो बोलीमा अडान लिनुहुन्छ, उहाँ दुई जिब्रे होईन् । कार्यकर्ताले उनलाई धेरै मन पराएका छन् ।’ उनले ओलीले गठबन्धनसँग पनि एक्लै चुनाव लड्छु भनेर हिम्मत देखाएको सुनाए ।

उनले ओलीलाई टक्कर दिन एमालेमा कोही नभएको जिकिर गरे । उनले भीम रावलले माधव नेपाललाई उक्साएर पार्टी विभाजन गर्न लगाएको पनि आरोप लगाए ।

उनले भीम रावलमात्रै नभएर माधव नेपाल छोडेर आएका कसैलाई पनि ओलीले नपत्याउने टिप्पणी गरे ।

उनले भने,‘यिनीहरुलाई लाज लाग्दैन् ? ओलीपनि हाँसेर बसेका छन् होला ।’ उनले एमालेको राजनीतिक भविष्य धेरै राम्रो रहेको सुनाए । उनले ओलीलाई आफूहरुले बालुवाटारबाट निकालेको सुनाए । त

र, आजपनि नेपालको राजनीतिक केपी ओलीको वरिपरि घुमिरहेको उनको भनाई छ । उनले भने,‘केपी ओलीको बोलीमा ठेगान छ । पार्टी एक ढिक्का राखेका छन् । यो त ठूलो कुरा हो ।’

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...