News Portal

‘संघियता चाहिँदैन खारेज गरौं’ रिनको भारी देशले बोक्न सकेन…(सहमत भए शेयर गरौं)

एनपर्दा संवाददाता
२४९ पटक

काठमाडौ ।

बेला बेलामा संघियताका बारेमा बहस हुन्छ । सानो मुलुकमा संघियतालाई धान्न आर्थिक रुपले मुस्किल पर्ने भएकाले खारेज गर्नुपर्ने आवाज कहिले काँही उठ्ने गरेको छ । चित्रवहादुर केसीको पार्टीले यहि उद्देश्य राखेको छ । तर औपचारीक रुपममा संघियता खारेजको माग राख्दै समाजवादी केन्द्र नेपालले प्रधानमन्त्री शेरवहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

सो पार्टीले संघियता खारेज लगायत विभिन्न २८ वटा माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । बुधबार सो पार्टीका अध्यक्ष युवराज सफलको नेतृत्वमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाइएको हो ।

आफ्ना माग पूरा गर्न सो पार्टीले प्रधानमन्त्री देउवालाई ३५ दिनको समयसीमा दिएको छ । निर्धारित समयभित्र माग पूरा नभएमा आफूहरु जनविद्रोहमा जाने तथा जनकारवाहीमा जाने चेतावनी पनि ज्ञापनपत्रमार्फत दिइएको छ ।

सो पार्टीले संघीयता खारेज गरी नयाँ ढंगले राज्य पुनर्संरचना गर्न, एमसीसी सम्झौता खारेज गर्न, धर्म निरपेक्षता खारेज गरी वैदिक सनातनी धार्मिक व्यवस्था कायम गर्न माग गरेको छ ।

यस्तै, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठन गर्न, सर्वपक्षीय बृहद् राष्ट्रिय राजनीतिकसभा आयोजना गरी संविधान संशोधन गर्न, कालापानी, लिम्पियाधुरा र लिपुलेकका नागरिकलाई राष्ट्रिय जनगणनामा सामेल गराउन पनि सो पार्टीले माग गरेको छ ।

माओवादी अब एमालेभन्दा ठूलो दल ! माओवादी केन्द्र र ४ दलबीच एकताका लागि हस्ताक्षर !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् । उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो । यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् ।

‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’

‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने ।

प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए ।

उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने ।

कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...