News Portal

अबको चुनावमा कांग्रेस हाफ, प्रचण्ड – माधव पत्ता साफः महेश बस्नेत (भिडियोसहित)

एनपर्दा संवाददाता
१३१ पटक

काठमाडौं,।

नेकपा (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) का नेताले आगामी निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।

जनतालाई धोका दिएकाले निर्वाचन पछि कांग्रेस वर्तमान अवस्थाको भन्दा हाफ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टी पत्ता साफ हुने नेता बस्नेतको दाबी छ ।

राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको आयोजनामा काठमाडौंमा आयोजना गरिएको विचार गोष्ठी तथा साइवर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेता बस्नेतले पाँच दलीय गठबन्धनको सरकार जनादेशबाट नभई परमादेशबाट बनेको सरकार भएकाले देश र जनताको पक्षमा नभई दक्षिणपन्थीहरुको इसारामा चलिरहेको आरोप लगाए ।

कांग्रेसले मुलुक र जनताको मुद्धालाई त्यागी विदेशी तथा दलाल, भ्रष्ट, अवैध गठबन्धन गरी जनतालाई धोका दिएकाले निर्वाचनमा ठूलो मूल्य चुकाउनुपर्ने उनले बताए ।

एमाले तीन वटै तहको सरकारमा दुई तिहाई मतका साथ विजय हासिल गरि सिंहदरबार प्रवेश गरी समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा अघि बढ्ने उनले जनाए ।

‘वर्तमान सरकारलाई पाँच दलीय भनिन्छ तर यो पाँच दलीय हैन, १.४ दलीय गठबन्धन भन्छु । एक भनेको कांग्रेस र पइन्ट ४ भनेको माओवादी, नेकपा एस, जसपा र जनमोर्चा हो । १.४ गठबन्धनको कुनै अर्थ छैन । एमाले जनताको पार्टी हो । आगामी निर्वाचनमा जनताले एमालेलाई दुई तिहाई मतका साथ सिंहदरबार पठाउँनेमा ढुक्क छौ ।

त्यसपछि एमालेले स्थिर सरकार साथ समृद्ध नेपाल सुखी नेपालीको अभियानमार्फत देश र जनताको पक्षमा काम गर्ने छ । देशको गुमेको लिपुलेक, लिम्पियाधुरा तथा कालापानी फिर्ता आउने छ । हाम्रो स्वभिमान विश्वसामु अझ उचो बन्नेछ ।

एमालेको १० औं महाधिवेशनबाट सर्वसम्मत केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउनुपर्नेमा नेता बस्नेतको जोड छ । अध्यक्ष ओली नै मुुलुक र जनताको लागि फादर अफ द नेशन भएको उनले दावी गरे । आगामी निर्वाचन पछि शक्तिसाली प्रधानमन्त्रीको रुपमा आउनेसमेत उनले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...