News Portal

नेकपा एकीकृत समाजवादी र नेकपा मालेबीच पार्टी एकता

एनपर्दा संवाददाता
१४०४ पटक

काठमाडौं ।

नेकपा एकीकृत समाजवादी र नेकपा मालेको जिल्ला कमिटी खोटाङबीच एकीकरण भएको छ । खोटाङका पुराना वामपन्थी नेता तथा पूर्वसांसद कुलप्रसाद शर्मा फुयाँल, मालेका पोलिटव्यूरो सदस्य एवं प्रदेश कमिटी सचिवलगायतका चार नेता एकीकृत समाजवादीमा प्रवेश गरेको केही समयपछि दुई पार्टीको जिल्ला कमिटीबीच एकीकरण भएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष जलसेर राई र नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी कमिटी एक भएको घोषणा गरेका छन् । २५ कात्तिकमा फुयाँलसहित केन्द्रीय सदस्य श्यामराज राई, कारीप्रसाद यादव र शंकर पोखरेल एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

एकीकृत समाजवादीका वार्ता टोली संयोजक बेदुराम भुसाल र नेकपा मालेका वार्ता टोली संयोजक फुयाँलबीच गत २५ कात्तिकमा नेकपा मालेको २५ सदस्यीय जिल्ला कमिटी एकीकृत समाजवादीमा समायोजन गर्ने सहमति भएको थियो । माले छाडेका फुयाँल एकीकृत समाजवादीमा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...