News Portal

एमालेमा महेश बस्नेतको हातमा जिताउने र हराउने मत, यस्तो छ उनीसँग भएका प्रतिनिधीहरुको सुची

एनपर्दा संवाददाता
२६३ पटक

काठमाडौं, ।

नेकपा एमालेमा व्यक्तिगत पकडका दृष्टिले केपी शर्मा ओलीपछि शक्तिशाली नेतामध्ये महेश बस्नेत पनि देखिएका छन् । ओलीका विश्वासपात्र मानिएका बस्नेतले युवा विद्यार्थीमा निकै बलियो पकड बनाएका छन् ।

नयाँ पुस्ताबाट एमालेको प्रतिनिधि चयन भएकामा बस्नेत निकटस्थहरुको उल्लेख्य संख्या छ । हक्की र लडाकु स्वभावका बस्नेत कार्यकर्ता संरक्षणमा पनि अगाडि छन् । त्यसैले उनले पार्टीभित्र बलियो पकड बनाएका छन् ।

बस्नेत ओली प्रधानमन्त्री हुँदा बढी शक्तिको अभ्यास गर्नेमा पर्छन् । उनले सरकारमा मन्त्री नबनेपनि बनेकाहरुले भन्दा बढी शक्तिको अभ्यास गरे । युवा पीढीलाई आकर्षित गरेर पकड बलियो बनाए ।

एमालेमा ठूलो संख्यामा महेश बस्नेत प्रतिनिधिहरु चयन भएर आएकाले उनी पदाधिकारी देखि केन्द्रीय सदस्यमा जिताउने र हराउने सामथ्र्यमा पुगेका छन् ।

एमालेमा सभापतिमा बस्नेतले बा भन्ने गरेका केपी शर्मा ओली जित्ने निश्चित छ । उनलाई भीम रावलले चुनौती दिएपछि केही नलाग्ने निश्चित नै छ । तर, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिवहरु, सचिवहरु र केन्द्रीय सदस्यहरुको निर्वाचन भएमा बस्नेतले निकै महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनी स्वयं सचिवका दाबेदार हुन् ।

अहिले एमालेका हस्ती नेताहरुले समेत महेश बस्नेतसँग सम्पर्क गरेर साथ खोज्न थालेका छन् । उनीसँग ठूलो संख्यामा समर्थक प्रतिनिधि रहेकाले हावी भएका हुन् । संगठनमा बलियो पकड बनाएकाले बस्नेत नेताहरुको खोजीमा परेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्ध बिच्छेद गरिसकेका पूर्व पतिसँग फेरि माया बस्यो, अब म के गरौं ?

म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा...

हिम्मतवाला वडाध्यक्ष जसले लगाए भारतसँग जोडिएको सीमामा काँडेतार ! सम्मानस्वरुप शेयर गरौँ !

काठमाडौं । ठोरी (पर्सा) । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर...

अब एमालेको दिन गनेर सकिदै जान्छ, केपी ओलीका भजने, किर्तनेहरु मात्रै त्यहाँ बस्छन : रामकुमारी झाँक्री

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको...

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि...

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन...