News Portal

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, केपी ओलीले सपथ खुवाउने

एनपर्दा संवाददाता
३४९ पटक

काठमाडौं,:

एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए । रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् । न्युज कारखाना

निराश मुहारमा टुलुटुलु हेरेर बसिरहे अरूले शपथ र बधाई थाप्दा भीम रावल र घनश्याम भुसाल
नेकपा एमालेका पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग हारेका भीम रावल लामो समय मञ्चमा ओलीसँगै बसेका थिए।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विजयी पदाधिकारी र केन्द्रीय सदस्यको नाम लिइरहँदा रावल र अर्का नेता घनश्याम भुसाल निराश देखिएका थिए ।

त्यसअघि मत परिणाममा ढिलाइ भएको बेला मञ्चमा सँगै बसेका ओली र रावलले बेला–बेला कानेखुसी गरेको पनि देखिन्थ्यो । भीम रावलले मास्क लगाएर बसेका थिए भने घनश्याम भुसाल मास्कविनै मञ्चको पछिल्लो भागमा बसेका थिए ।

विना काम सौराहाको ठण्डीमा झुलाइयो – दुर्गा प्रसाईं
कम्युनिष्ट पार्टीको महाधिवेशनमा विचार,सिद्धान्त र कार्ययोजना तथा मूल्यमान्यतालाई तिलाञ्जली दिइएपछि के के न नयाँ देख्न पाइन्छ भन्दै बसाइँ सर्नेलाई कस्तो लाग्ला ?

युवा पुस्ता स्वयंले ले सिक्न पाउला ? हुन तः ती पक्षमा ध्यान दिनको लागि महाधिवेशन प्रतिनिधिको छनौटदेखि नै विधि पुर्याउनुपर्ने हुन्छ । तर आफ्ना भएपछि जस्तालाई पनि टिप्दाको परिणाम अहिले एमाले महाधिवेशन सौराहामा देखिएको छ ।

एकातिर नेताहरु भीम रावल, घनश्याम भुसाल पार्टीभित्र विचार र पध्दतिको वकालत गरिरहेका छन् । हिजो बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र अनेक सरसल्लाह गर्दागर्दै अपरान्ह ४ बजेमात्र थालिएको थियो ।

साँझ गरमागरम बहस र आलोचना भएपछि आज बिहान १० बजेसम्मलाई बन्द सत्र स्थगित गरिएको छ ।

एकथरि प्रतिनिधिलाई भने बन्द सत्र किन लम्बियो,नेताहरुबीच किन वादप्रतिवाद भइरहेको छ, विवादको चुरो के हो भन्नेबारे कौडी थाहा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्रको रुपमा झापाबाट गोदावरी र चितवन दुबैतिर प्रतिनिधि मनोनीत र मार्सी उपनामले चर्चित दुर्गा प्रसाईले सौराहामा भइरहेको पार्टीको बन्द सत्रवारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

आफू यस्तो कार्यमा अहिलेसम्म संलग्न नभएको भन्दै प्रसाइँले थपेका छन्, ‘बन्द के हो,सत्र के हो मलाई थाहा छैन ।

दुई दिनदेखि सबैले भात खाने र घाँटीमा कार्ड झुण्डाउने बाहेक केही गरेको छैन ।’ उनले अगाडि भनेका छन्, ‘यहाँ केही काम भएको छैन ।

अहिलेसम्म केही भएको छैन । सहमति गर्नु थियो भने यसरी भेला गर्नु हुँदैन थियो । सबैभन्दा राम्रो पक्ष चुनाव हो । चुनाव गरेर नेतृत्व छान्नु पर्छ ।’

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...