News Portal

बिप्लव फेरी एक्शनमा देशद्रोही, भ्रष्टाचारीहरु र कमिशन खोरीलाई पानी मुनी गएपनि नछोडिने…

एनपर्दा संवाददाता
३५० पटक

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताकार्यकर्ताहरुले आफ्नै गुुरुलाई गोरुजस्तो व्यवहार गरेका छन् । विप्लव निकट अखिल (क्रान्तिकारी) जाजरकोटले शिक्षकको अनुहारमा कालोमोसो दलेको हो ।

लामो समयदेखि भ्रष्टाचारमा संलग्न रहेको भन्दै नेकपाको भातृ संगठन अखिल क्रान्तिकारीले शिक्षकमाथी कालोमोसो दलेको हो ।

आज संगठनले जाजरकोटको नलगाड नगरपालिका १ मा रहेको वीरेन्द्र हिमालय माध्यमिक विद्यालयका प्रधानध्यापकलाई कालोमोसो दलेको बताएको छ । कालोमोसो दलिएका प्रधानाध्यापक सोही नगरपालिका १२ का चन्द्रबहादुर केसी हुन् ।

अखिल क्रान्तिकारीले भ्रष्टाचार गरेकाले उनलाई संगठनले कालोमोसो दलेर जनकारबाही गरेको बताएको छ । संगठनले सरकारी विद्यालय ध्वस्त पार्ने भ्रष्टाचारीहरुलाई क्रमशः जनकारबाही गर्ने जानकारी दिएको छ ।

विना काम सौराहाको ठण्डीमा झुलाइयो – दुर्गा प्रसाईं
कम्युनिष्ट पार्टीको महाधिवेशनमा विचार,सिद्धान्त र कार्ययोजना तथा मूल्यमान्यतालाई तिलाञ्जली दिइएपछि के के न नयाँ देख्न पाइन्छ भन्दै बसाइँ सर्नेलाई कस्तो लाग्ला ?

युवा पुस्ता स्वयंले ले सिक्न पाउला ? हुन तः ती पक्षमा ध्यान दिनको लागि महाधिवेशन प्रतिनिधिको छनौटदेखि नै विधि पुर्याउनुपर्ने हुन्छ । तर आफ्ना भएपछि जस्तालाई पनि टिप्दाको परिणाम अहिले एमाले महाधिवेशन सौराहामा देखिएको छ ।

एकातिर नेताहरु भीम रावल, घनश्याम भुसाल पार्टीभित्र विचार र पध्दतिको वकालत गरिरहेका छन् । हिजो बिहानदेखि शुरु हुने भनिएको बन्द सत्र अनेक सरसल्लाह गर्दागर्दै अपरान्ह ४ बजेमात्र थालिएको थियो ।

साँझ गरमागरम बहस र आलोचना भएपछि आज बिहान १० बजेसम्मलाई बन्द सत्र स्थगित गरिएको छ ।

एकथरि प्रतिनिधिलाई भने बन्द सत्र किन लम्बियो,नेताहरुबीच किन वादप्रतिवाद भइरहेको छ, विवादको चुरो के हो भन्नेबारे कौडी थाहा छैन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट पात्रको रुपमा झापाबाट गोदावरी र चितवन दुबैतिर प्रतिनिधि मनोनीत र मार्सी उपनामले चर्चित दुर्गा प्रसाईले सौराहामा भइरहेको पार्टीको बन्द सत्रवारे आफूलाई केही थाहा नभएको बताएका छन् ।

आफू यस्तो कार्यमा अहिलेसम्म संलग्न नभएको भन्दै प्रसाइँले थपेका छन्, ‘बन्द के हो,सत्र के हो मलाई थाहा छैन ।

दुई दिनदेखि सबैले भात खाने र घाँटीमा कार्ड झुण्डाउने बाहेक केही गरेको छैन ।’ उनले अगाडि भनेका छन्, ‘यहाँ केही काम भएको छैन ।

अहिलेसम्म केही भएको छैन । सहमति गर्नु थियो भने यसरी भेला गर्नु हुँदैन थियो । सबैभन्दा राम्रो पक्ष चुनाव हो । चुनाव गरेर नेतृत्व छान्नु पर्छ ।’

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...