News Portal

एमालेमा पूर्वमाओवादीहरुलाई मालामाल, माधव नेपालका कार्यकर्ताको रुवाबासी

एनपर्दा संवाददाता
३४५ पटक

काठमाडौं ।

नेकपा (एमाले) को नयाँ केन्द्रीय कमिटिमा पूर्वमाओवादी नेताहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मागेकै जति पद पाएका छन्। चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनबाट एमालेका १९ पदाधिकारीमधये तीन जना पूर्वमाओवादी पक्षका नेताहरु निर्वाचित भएका छन्।

उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट निर्वाचित भएका हुन्। उनीहरु एमाले नेताभन्दा लोकप्रिय मतसहित विजयी भएका छन्।

एमालेमा लामो समय राजनीति गरेका घनश्याम भुसाल उपाध्यक्षमा पराजित हुँदा पनि पूर्वमाओवादीपक्षका नेता बादल उपाध्यक्षमा निर्वाचित भएका छन्। यस्तै सचिव पदका उम्मेदवार भीम आचार्य र टंक कार्की पराजित भएका छन्। तर, पूर्वमाओवादी पक्षका रायमाझी र भट्ट निर्वाचित भएका छन्।

केन्द्रीय कमिटीमा पनि तल जनमत नभएका पूर्वमाओवादी नेताहरु एमालेकै जनमतबाट निर्वाचित भएका छन्। यससँगै एमालेको नयाँ केन्द्रीय कमिटीमा माओवादीपक्षको उत्साहजनक सहभागिता भएको छ।

जसमा मणि थापा, प्रभु साह, गिरिधारीलाल न्यौपाने, पासाङ शेर्पा, ज्वालाकुमारी साह, टंकबहादुर आङबो धर्मराज रेग्मती निर्वाचित भएका छन्।

यस्तै दावा लामा, गौरीशंकर चौधरी, दधिराम न्यौपाने, झपट बोहरालगायत नेता निर्वाचित भएका छन्। त्यसमध्ये मणि थापा र प्रभु साह स्थायी कमिटीमा उक्लनसक्ने देखिएको छ। अन्य केन्द्रीय कमिटी र पोलिटब्यूरोमा रहने स्थिति देखिएको छ।

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी, केपी ओलीले सपथ खुवाउने
एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।

केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए ।

रावल उपाध्यक्षमा पराजित भएका थिए । रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् । न्युज कारखाना

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...