News Portal

लालबाबु पण्डितसहित हजारौं नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा

एनपर्दा संवाददाता
३७५० पटक

काठमाडौं –

नेकपा एमालेका नेता लालबाबु पण्डितले चितवनमा जारी १० औँ महाधिवेशनप्रति असन्तुष्टि जनाएका छन् ।उनले महाधिवेशनबाट असन्तुष्ट बन्दै नेकपा एमालेको सबै कार्यकारी पदबाट विदा लिने घोषणासमेत गरेका छन् ।

एमालेको सबै कार्यकारी पदबाट विदा लिने औपचारिक घोषणासहित उनी महाधिवेशन स्थल चितवनबाट काठमाडौं फर्किसकेका छन् । उनले सामाजिक सञ्जाल फेशबुकमार्फत नै एमालेको १० औँ महाधिवेशनमा आफू कुनै पनि पदमा नबस्ने र अहिलेसम्मका जिम्मेवारीबाट विदा लिने घोषणा गरेका छन् । यति मात्रै होइन, उनले सामाजिक संजालबाटै सबैलाई बधाईसमेत दिएका छन् ।

एमाले महाधिवेशनमा असन्तुष्ट बनेका पण्डितले यसअघि पार्टीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर अन्तिम समयमा आएर अध्यक्ष ओलीले सदस्यमा मात्रै सिमित बनाएपछि उनी सन्तुष्ट हुन नसकेका हुन् ।

लालबाबु पण्डितकी श्रीमती विमला महतले पनि अब आफ्नो श्रीमान् एमालेको कुनै पनि पदमा नबस्ने बताइन्। उनले भनिन् ‘काठमाडौँमा घर र कार नहुनेलाई किन हेर्नु भनेर होला अध्यक्षले सदस्यमा नाम राख्नुभयो, उहाँले अस्वीकार गरेर आउनुभयो।’

‘उहाँ अरूले जस्तो प्रतिवाद गर्नुहुन्न, काठमाडौँमा घर र कार छैन,’ उनले भनिन्, बस र ट्याम्पो चढेर ठिङ्ग उभिने मान्छे देख्नु नपरोस् भन्ने ओलीलाई लागेको होला, होस् लागोस्।’

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्टि जनाएका थिए ।

मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य तथा पार्टीका पोलिटव्यूरो सदस्यसमेत रहेका उनले यस्तो निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नवौँ महाधिवेशनमा उनी उपाध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट निर्वाचित भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।

एमालेमा कार्यकारी पदमा नरहने घोषणा गरेका उनी माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशको तयारीमा रहेको स्रोतले जनाएको छ ।

लामो समय माधव नेपाल समूहमा रहेर काम गरेका उनले एमालेमै बस्दा एमाले अध्यक्ष ओलीबाट धोका पाएसँगै पुनः पुरानै क्याम्पमा फर्कने मनस्थिति बनाएको स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...