News Portal

अब एमाले दुई टु’क्रा मात्रै होईन, ति’न टु’क्रा’मा चो’इ’टि’ए’र जान्छ : माधव नेपाल

एनपर्दा संवाददाता
५६१ पटक

जनकपुरधाम, ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनपछि एमाले चोइटिएर जाने दाबी गरेका छन् । बुधबार बिहान जनकपुरधामस्थित पार्टी कार्यालय उद्घाटनको क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले चुनावपछि एमालेको अवस्था ‘विचारा’, ‘बिजोग’ र ‘बेहाल’ हुने टिप्पणी गरे ।

‘एमालेभन्दा हामी कमजोर छैनौ, अहिले सातमध्ये दुईवटा प्रदेशमा हाम्राे पार्टीका मुख्यमन्त्री छन् । कर्णाली प्रदेशमा ओलीको पार्टीलाई धुलो चटाई उठ्नै नसक्ने अवस्थाकाे बनाउन हाम्रै पार्टीको ठूलो भूमिका छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा खिमलाल देवकाेटालाई जिताएका छौं’, उनले भने, ‘नेकपा एसको शक्ति देखेर केपी ओली आत्तिएका छन्, ओलि छटपटाएर अन्टसन्ट बोलिरहेका छन्, गालीगलौजमा उत्रेका छन्, तर हामी आफ्नो काममा मात्रै केन्द्रित छौं ।’

एमालेभन्दा आफ्नो पार्टीको मधेसप्रतिको धारणा राम्राे रहेको भन्दै उनले भने, ‘म आफैं मधेसमा जन्मेकाे हुँ, मधेसी जनतालाई विश्वासमा लिएर हामी अगाडि बढ्दै छौ ।’ आफ्नो पार्टीप्रति युवाहरूको आकर्षण बढ्दै गएको उनले दाबी गरे ।

सञ्चारकर्मीको एक प्रश्नमा उनले भने, ‘प्रदेश २ को नाम र राजधानीको विषयमा अहिले हाम्रो पार्टीमा छलफल भएको छैन । छलफलपश्चात यो विषयमा अधिकारिक धारणा सार्वजनिक हुन्छ ।’ पर्सादेखि सप्तरीसम्मको बीचमा जनकपुरधाम पर्ने भएकाले राजधानीका लागि जनकपुरधाम नै उपयुक्त हुने उनको भनाइ थियो ।

बाहिरबाट दुई हजार मानिस ल्याएर नाच्दैमा चितवनमा प्रचण्डलाई फरक पर्दैन-रेनु दाहाल
नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटी इन्चार्ज रेनु दाहालले चितवनमा कसैले शक्ति प्रदर्शन गर्दैमा पार्टीका अध्यक्ष पुष्पकमल दा¥हाल प्रचण्डलाई केही फरक नपर्ने बताएकी छन् ।

माओवादी केन्द्रको पहिलो भर¥तपुर महानगरपालिकाको नगर सम्मेलनको उद्घाटन गर्दै इन्चार्ज दाहालले निष्ठा र उर्जाका साथ पार्टी निर्माणमा केन्द्रित हुुन सबैलाई आग्रह गरेकी थिइन् ।

भरतपुर महानगरपालिका प्रमुखसमेत रहेकी दाहालले पछिल्लो चरणमा काँग्रेस, एमाले तथा अन्य पार्टी परित्याग गरी माओवादीमा प्रवेशको लहर चलेको बताउँदै भनिन्, ‘जनताको आशा र भरोसा अहिले माओवादी केन्द्र नै बनेको छ ।

उनले मुलुकमा अ¥हिले आएको युगा¥न्तकारी परिवर्तन १० वर्षको ऐतिहासिक जनयुद्धकै कारणले आएको बताइन् । उनले माओवादी नै देशको सबैभन्दा ठूलो पार्टी बन्ने दावी गरिन् ।

उनले एमाले कम्युनिष्टको नाममा एमाले कलंक रहेको र उसको एकमात्र काम प्रतिगमनलाई संस्थागत गर्ने रहेको बताइन् । दाहालले भनिन् ‘देशलाई संकटबाट मुक्त गर्न लोकतान्त्रिक व्यवस्थाको रक्षा र प्रतिगमनलाई परास्त गर्ने मूल नेतृत्व माओवादी केन्द्र नै हो ।

कार्यक्रममा प्रमुख अति¥थी दाहालले एमालेको १० औँ राष्ट्रिय मेलालाई कुम्भ मेलाको संज्ञा दिदै ओली दम्भ बिनासको बाटोतिर गएको दावी गरिन् ।

भरतपुर मगानग¥रपालिका प्रमुख समेत रहेकी प्रमुख दाहालले माओवादी पार्टी विकासप्रेमी पार्टी हो भन्ने आफूले सफलतापूर्बक पुरा गरेको बता¥इन्। आफूले भरतपुरको बृहत्तर बिकासमा हरपल लागिरहेको भन्दै यसलाई जनस्तरसम्म लैजान नेता कार्यकर्ताहरूलाईआग्रह गरिन् ।

प्रमुख दाहालले भरतपु¥रमा पार्टीको स्थिती सुदृढ बनिरहेको बताउदै इमानदारिताका साथ जनतामा जान आग्रह गरिन् । ‘नहुने कुरा नबोल्ने बोलेको कुरा पुरा गर्ने आफ्नो शैली रहेको र जसका कारण भरतपुरमा सबैको आकर्षण बढेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...