News Portal

नागार्जुनमा रहेका राजालाई नारायणहिटी सारिदैं, यस्तो छ तयारी !

एनपर्दा संवाददाता
३१९ पटक

काठमाडौं ।

राप्रपाका अध्यक्ष कमल थापाले संसदमा सम्मानजनक स्थान र सडकमा रहेक दिन १ लाख कार्यकर्ता उतार्न सकेको दिन निर्वासनमा रहेका राजालाई नागार्जुनबाट नारायणहिटीमा ल्याएर राख्ने चेतावनी दिएका छन्।

‘जुन दिन संसदमा सम्मानजनक स्थान र सडकमा हरेक दिन १ लाख उतार्न सक्छ त्यही दिन जनताले राजा ल्याउने छन्। दुई तिहाई बहुमत आवश्यकता पदैन’ मंगलबार राप्रपाको एकता महाधिवेशनमा बोल्दै थापाले भने ‘अनि त्यही दिन नागार्जुनमा रहेका राजालाई नारायणहिटीमा ल्याउछौं।’

उनले हिन्दू राष्ट्रको स्थापनामा दुई तिहाई नचाहिने दाबी गरे। हिन्दू राष्ट्रको पक्षमा अरु दलहरु पनि रहेकाले एक ठाउँमा आएर हुनसक्ने उनको तर्क थियो।

‘एउटा चुनाव हार्दैमा वा पदमा हार्दैमा राप्रपा सकिँदैन। कुनै हीन भावना कार्यकर्ताले राख्न जरुरी छैन’ उनले भने ‘ नेपाली कांग्रेस कुनै समय दुई तिहाईको पार्टी थियो अहिले कहाँ पुग्यो, अहिले माओवादी खुम्चेर कुन अवस्था आएको छ, त्यसबाट सिक्न जरुरी छ।’ उनले भारतीय जनता पार्टीको उदाहारण दिँदै राप्रपाको सफलता एउटा चुनावले नहुने दाबी गरे।

उनले निर्वाचनको मुखमा पार्टी विभाजन हुनु र कांग्रेससँगको सहकार्यमा इमान्दारिता नभएको कारण कमजोर भएको दाबी गरे। पार्टी विभाजन नभएको भए राप्रपा ठूलो शक्तिको रुपमा हुने कुरामा आफ्नो कमजोरी भएको भन्दै थापाले अब शक्तिशाली भएर उदाउने दाबी गरे।

चुनावको मिति घोषणा नहुँदै पार्टी एकताको सहमति , प्रचण्ड पहिलो अध्यक्ष हुनेगरि सहमति !
नयाँ पार्टी खोलेर माओवादीमा बिलय हुने प्रचण्डसँगको पूर्वसहमति अनुसार नै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बिपक्षी गठबन्धनमा सामेल भएको तथ्यहरुले देखाएको छ । एमालेबाट निश्काशित नेता नेपाल अहिले प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्धको बिपक्षी गठबन्धनमा सहभागी छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकजुट भएका थिए । प्रधानमन्त्री ओलीविरुद्ध एक भई नेकपाको फरक खेमा बनाई शक्ति बाँडफाँड गरी दुवै नेता अध्यक्ष भएका थिए । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि प्रचण्ड र नेपाल पुरानै अवस्थामा फर्किए। तर, दुवैको एकता टुटेन । प्रचण्ड र नेपाल अहिले विपक्षी गठबन्धनमा छन् ।

प्रचण्ड र नेपालले भविष्यसम्मलाई मध्यनजर गरी एक भई बढ्ने खाका बनाइसकेको बुझिएको छ । यसका लागि विकल्पहरु तयार समेत गरेका छन् । जसअनुसार नेकपा एकीकृत निर्वाचन आयोगमा दर्ता भई प्रमाणपत्र मिलिसकेको छ । दर्ता अरुको नाममा भएपनि यसका पछाडि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालनै सहभागी छन् ।

जीवन राई नेतृत्वको नेकपा एकीकृतको कलम चिन्ह छ । कलम चिन्ह लिएर नेपाल समूहका खिमलाल देवकोटा राष्ट्रिय सभाको चुनाव जितिसेका छन् । यो संयोग मात्र होइन । अब सुर्य चिन्ह छाडेर नेपाल कलम चिन्हबाट चुनावमा जाने तयारीमा छन् । उनले एमालेमा अव फर्कन नसकिने निश्कर्षसहित नयाँ दल खोलेर बढ्ने रणनीति बनाएका हुन् । यही दलमा नेपालसहित प्रचण्ड नेतृत्वमा रहेर बढ्ने योजना बनेको बुझिएको छ ।

नेपालले एमालेमा फर्कन नसक्ने स्पष्ट संकेत गरिसकेका छन् । एमालेको ठूलो समूहलाई साथ लिएर योभन्दा ठूलो कम्युनिस्ट पार्टी बनाउने लक्ष्यसहित बढेका छन् । नेपाल र प्रचण्ड मिलेमा ओली नेतृत्वको एमालेभन्दा बलियो हुनसक्ने भन्दै एमालेमा बढी क्षती पुर्याउन दुवै नेता केन्द्रित भएका छन् ।

एमाले नफर्कने भएकै कारण एकतामा नयाँ नयाँ शर्त माधवले थोपेरेका छन् । माधवसँग मिलेर जानकै लागि माओवादी केन्द्रले पनि बहुपदमा जाने तयारी अघि बढाएको छ । स्थायी कमिटी र पोलिटब्यूरो थप गर्दैछ । भविष्यमा माधव नेपाल खेमासँग एकताका लागि यो पूर्वतयारी रहेको बुझिएको छ । प्रचण्ड र माधवले यसको खाकासमेत बनाइसकेका निकट नेताहरुले बताएका छन। ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...