News Portal

देउवा,प्रचण्ड र माधव भन्दा केपी ओली दश गुणा उत्कृष्ट काम गर्ने देश प्रेमि नेता हुन : रामचन्द्र पौडेल

एनपर्दा संवाददाता
३९६२ पटक

काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेका नेताहरु व्यवस्थालाई भन्दापनि सत्तालाई महत्व दिन व्यस्त रहेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा पनि सत्तामा बढि लागेको सुनाए ।उनले समयमै निर्णय नगर्दा देशमा बेथिति सुरु भएको पनि गुनासो पोखे ।पछिल्लो समय कांग्रेसकै नेतृत्वमा दल विभाजनसम्बन्धी अध्यादेश आउनु पनि दुःखद् भएको उनको टिप्पणी छ । उनले आफूहरु अझैपनि तोकिएकै मितिमा महाधिवेशन गर्नेगरि लागिपरेको सुनाए ।

म अध्यक्ष भए अब लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लेउछु: केपी ओली (सेयर गर्नुहोस)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिइछाड्ने बताएका छन् । एमालेको

१०औं महाधिवेशनको उदघाटनपछि सम्बोधन गर्दै ओलीले छिमेकसँग पारस्परिक कुराकानीबाट समस्या समाधान गर्ने लक्ष्य रहेको भन्दै उक्त भूभाग फिर्ता लिने बताएका हुन् ।

छिमेकसँगको समस्या पारस्परिक कुराकानीबाट समाधान गर्नेछौं,’ ओलीले भने,‘लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता लिनेछौं ।’ ‘हामी चुनावको तयारीमा जानेछौं,’ ओलीले भने,‘हामीले बहुमत ल्याउनेछौं, एमालेका लागि होइन देश र जनताका लागि ।’

ओलीले आफूहरु आवश्यकता अनुसार संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट पारे । उनले भने,‘ आवश्यकता अनुसार जनताको चाहना अनुसार संविधानको आवश्यक संशोधन हुनसक्दछ । हामी त्यो मान्यतामा छौं ।’

ओलीले आफूहरु चुनावको तयारीमा जाने बताए । अबको चुनावमा एकल बहुमत ल्याउने दाबी समेत गरे । अरु दलहरु यसअघि नै चुनाव देखि त्रसित भएको टिप्पणी गरे । आफूले जनताको बीचमा जाऔं भन्दा पनि त्रसित भएको टिप्पणी गरे ।

देशमा हिंसा फैलाउने षड्यन्त्र भइरहेकाले आफूहरु सचेत भएको बताए । उनले भने,‘जात–जात धर्म–धर्म भाषा–भाषाका रुपमा साम्प्रदायिक द्वेष फैलाएर हिंसा मच्चाउनेहरुको विपक्षमा छौं । सहअस्तित्व र सहकार्यको पक्षमा छौं ।’

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...