News Portal

यो देशले माधव नेपाल जस्तो नेता पाउनु भाग्य हो, माधव नेपाल राष्ट्रिय हिरो हो : राजेन्द्र पाण्डे

एनपर्दा संवाददाता
५८६ पटक

काठमाडौं ।

नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद राजेन्द्र पाण्डेले आफूहरुले एकताको लागि हदैसम्मको लचकता अपनाएको भएपनि अध्यक्ष केपी शर्मा ओलीले एकताको बाटो बन्द गरेकोले पार्टी फुटको संघारमा पुगेको बताएका छन् ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले संसद् र संविधान जोगाएकोले माधव नेपाल गद्दार नभएर राष्ट्रिय हिरो भएको पनि बताए । प्रस्तुत छ नेता नेपालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश ।

अब नेकपा (एमाले) फुट्यो भनेर सबैले भनेका छन् नि, फुटेकै हो त ? फुटिसकेको त छैन, त्यो फुटको संघारमा नै छ ।

हिजोको निर्णयले त अब एकता नहुने भयो भन्ने कुरा आएका छन्, माधवकुमार नेपालबिनाको पार्टी बनाउने केपी ओलीको घोषणा भयो रे नि त ?

हामी माधवकुमार नेपाल पक्षका साथीहरु यही साउन २१ र २२ गते केन्द्रीय कमिटीको बैठक बस्यौँ । हामीले एकताको लागि प्रयत्न गर्ने भनेर फेरिपनि छलफल ग¥यौं । पार्टी एकता नै अहिले हाम्रो लागि प्रमुख कार्य हो भनेर छलफल गयौँ । निर्णय गयौँ । हामीसंग भएका एकताको प्रयास गर्नुभएका स्थायी कमिटीका साथीहरुले पनि केही कुरा राख्नुभयो । पार्टी एकता हुन्छ हामीले दश बुँदे तयार गरेका छौँ । दश बुँदेलाई आधार बनाएर केही अरु पनि थपथाप गर्दै त्यसलाई परिमार्जन गरेर हामी एकतमा जान सक्छौा भन्नेखालको कुरा गयौँ ।

त्यही कुरा हामीले उहाँहरुलाई के पनि भन्यौँ भने तपाईँहरु अहिले यो पार्टी सदस्यता रिन्यू गदै हुनुहुन्छ, बिभिन्न खालका विधान अधिवेशन भन्दै तपाईँहरुले विभिन्न खालका वडासम्मको अधिवेशनका कुराहरु तोक्नुभएको छ । पहिला यो एकता प्रक्रियालाई हामीभित्रको विवादलाई समाधान गरौँ त्यसपछिका कुरा अगाडि बढाउला यो कुरा रोक्नुहोस् भनेर हामीहरुले उहाँहरुलाई खबर गर्यौ । तर, हिजोको बैठकबाट त्यो राकिएन उहाँहरुले आफ्नो ढंगबाट अगाडि बढ्ने नीति लिनुभयो । त्यस्तो देखिएको छ ।

तर, अध्यक्ष केपी ओली त अघि बढ्नुभयो नि, अब भदौ २७ र २८ गते विधान अधिवेसन पनि गर्ने कुरा भैसकेको छ नि ?

उहाँहरुले जेसुकै निर्णय गरेर अगाडि बढ्नुभएको छ । संविधानअनुसार पनि नमिल्ने कुराहरु गर्नुभएको छ । विधानत हुन्छ, तरपनि हाम्रो बीचमा एकता प्रयास हुनसक्यो भने एकता सम्पन्न भयो भने यो कुरामा फेरि बदलियला तर हाम्रो संविधानले के भन्छ भन्दा यस्तो राजनीतिक दलहरुको विधानमा के हुनुपर्छ भन्दाखेरी हाम्रो पदाधिकारी हरु सबै निर्वाचित हुनुपर्छ । यदपी अझै पनि केही राजनीति दलका पदाधिकारी निर्वाचित छैनन् ।

तर, नेकपा एमालेले हामी केन्द्रीय समिति समेत सबै निर्वाचित गरेर ल्याउने गरेका छौँ । तर उहाँले निर्वाचित नगर्ने भन्ने कुराहरु पनि सुनें, यो कति सत्य हो ? मलाई थाहा छैन् । यो सबै क्रियाकलापले पार्टी एकता गर्न सकिन्छ गर्नुपर्छ भनेर हामीले यो एकता प्रयासकोलागि जिम्मेवार दिएका साथीहले जे प्रयत्न गर्नुभएको छ । त्यो प्रयत्नलाई पनि उहाँहरुको हिजोको निर्णयले बाधा हाल्छ । अब एकता प्रयासमा अगाडि बढ्न सक्दैन भन्ने देखियो ।

हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा आलीले जुन एमालेको आन्तरिक निर्वाचनसम्बन्धी विधान अगाडि सार्नुभएको छ, त्यसमा तपाइँको विमति कि सहमति ?

सबैभन्दा पहिले त यो बुटवल महाअधिवेसनबाट यो बहुपद प्रथा बनाएर आयौँ । अध्यक्ष, उपाध्यक्ष, महासचिव र सचिव पहिला महासचिव मात्रै थियो, अहिले अब पार्टी ठुलो पनि भयो अब सामुहिक भावनाको माध्यामबाट जानुपर्छ । यसले धेरै क्षेत्र समेट्नु पनि पर्दछ भन्ने ढंगले हामीले बनाएर आयौं । यो कुराको लागि यस्तो हुनुपर्छ भनेर आवाज उठाउने कुरा गर्ने एक जना मान्छे केपी शर्मा ओली हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली पनि हुनुहुन्छ । हिजो आफुलाई पद प्राप्त नहुँदासम्म हामीलाई यो खालको पनि चाहियो भन्ने थियो ।

उहाँले नै अगाडि सार्नुभएको थियो कि अब बहुपद प्रथा चाहिन्छ । यो सिस्टम सबैको जिम्मेवारीअनुसार जानुपर्छ भन्ने ढंगले जानुभएको थियो । अब हामीहरु पनि त्यही ढंगले अगाडि बढ्यौँ, तर आज आएर अध्यक्ष कमरेडलाई शक्तिशाली हुनुपर्छ । अरु पद भनेका त अध्यक्षलाई सहयोग गर्ने मात्रै हुन । छेउमा बसेर यस्तो गर्न पाए हुनथ्यौँ भनेर सल्लाह दिने सम्मका मात्रै हुन भन्ने ढंगको जे हुनखोजेको छ । त्यो त जे हुन सक्दै छ युले अध्यक्षलाई एउटा तानासाहाको रुपमा जन्माउन्छ भन्ने मात्रै हो ।

केपी शर्मा ओलीले एमालेमा माधवकुमार नेपाललाई अब ठाउँ छैन भनिसकेपछि तपाईहरु कतिञ्जेलसम्म एमालेमा बसिरहनुहुन्छ त ? तपाईँहरुको रणनीति अब के हुन्छ त ?

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...