News Portal

डाँडामा ५० करोडका भ्यु टावर होईन, जनताको पसिना पुछ्ने काम गदैछौं : मन्त्री रामकुमारी झाँक्री

एनपर्दा संवाददाता
११४२ पटक

काठमाडौं ।

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी छन्। बिहीवार विकास तथा प्रविधि समितिमा बोल्दै मन्त्री झाँक्रीले संघीय सरकारका प्राथमिकताका आयोजना पहुँचवाला व्यक्तिले बजेट कितावमा शब्द हालेर छानिरहेको बताएकी हुन्।

उनले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व सम्बन्धी ऐनले निर्दिष्ट गरेका व्यवस्था धेरैले पालना नगरेको बताईन्। मन्त्री झाँक्रीले मुलुक कस्तो बनाउने भन्ने सपना राजनीतिक व्यक्तिको भएको भन्दै राजनीतिक व्यक्तिले नै योजनाको छनोट गर्नुपर्ने बताईन्।

मन्त्री झाँक्रीले योजना छान्दा कस्ता कार्यक्रम छान्ने? अर्थतन्त्रमा के दिन सकिन्छ भन्ने कुराको विचार नगरी छान्ने गरिएको बताईन्। उनले सयौँ परिवारहरु प्लाष्टिकको छानामुनि भइरहेको बेला एउटा डाँडामा ५० करोड बढीका भ्यू टावरहरु बनाउन आवश्यक नरहेको भन्दै आधारभूत उपभोगको सेवासुविधा जनतालाई पुर्‍याउनु आजको आवश्यक्ता रहेको बताईन्।

मन्त्री झाँक्रीले योजना छान्ने कुराको असन्तुलनको लागि संसदले लगाम लगाउनु पर्ने बताईन्। उनले प्रदेश र स्थानीय तहसँग समन्वय हुन नसक्दा आवास पुनःनिर्माण, शहरी विकासका काम हुन नसकेको बताईन्।

एमालेमा भूकम्प: ओलीका यी दुई विश्वासपात्र एकीकृत समाजवादीमा प्रवेश! (नाम सहित)
डा सूर्यराज आचार्य र पूर्वमहान्यायाधिवक्ता युवराज संग्रौला नेकपा (एकीकृत समाजवादी)निकट युवा संघको बैठकलाई प्रशिक्षण दिने भएका छन् ।पूर्व महा न्यायाधिवक्ता संग्रौला नेकपा (एकीकृत समाजवादी)मा आवद्ध भइसकेका छन् ।

यही बीचमा उनीहरुले युवा संघको बैठकलाई प्रशिक्षण दिनेभएको हुन्।उनीहरुले नेकपा (एकीकृत समाजवादी) निकट युवा संघकोबैठकमा प्रशिक्षण दिने भएका हुन्।

कांग्रेसबाट सुजाता कोइराला मन्त्री ! कुन मन्त्रालय ?
काठमाडौं- पदमा हुँदा जहिले पनि विवादै विवादमा तानिने नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइराला मन्त्री बन्न नपाएको धेरै भयो।

अहिले उनले मन्त्री बन्नकै लागि पार्टीका शक्तिकेन्द्रदेखि शिर्ष नेताहरूलाई अनुनय गरिरहेका खबर बाहिरिएका छन् ।शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि आफू मन्त्री बन्नकै लागि कोइरालाले मरिहत्ते गरिरहेकी छन् ।

उनले आफू मन्त्री बन्नकै लागि महाधिवेशनमा देउवालाई साथ् दिने सम्मको सुचना बालुवाटारमा पठाएकी छन् ।त्यतिमात्र होइन अहिले सुजाताले जस्तोसुकै मन्त्रालय भएपनि आफू जाने तयारी गरेकी छन् ।

उपप्रधानमन्त्री पद नपाए पनि मन्त्री बन्न तयार रहेको बताएकी छन् । पहिले कांग्रेसकै सभापतिको उम्मेदवार बन्ने बताएकी सुजाता ।अहिले भने त्यो दौडबाट पछि हटेर सामान्य मन्त्री बन्नकै लागि मरिहत्ते गरेपछि कांग्रेसकै कतिपय नेताहरूले आलोचना समेत गर्न थालेका छन् ।

महाराजगञ्जमा बसेको पौडेल समूहको भेलापछि पत्रकारहरूसित कुरा गर्दै कोइरालाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।अहिले कुनै एउटा दलको उपप्रधानमन्त्री बनाएको अवस्थामा एकीकृत समाजवादी, माओवादी र जनता समाजवादी गरी तीनै दलले ।

उपप्रधानमन्त्री माग गर्ने भएकाले पनि कांग्रेसबाट उपप्रधानमन्त्री नियुक्ति नहुने देखिएको छ । सोही कारण देखाउँदै कोइरालाले उपप्रधानमन्त्री पद नपाएपनि सरकारमा जान तयार रहेको बताएकी हुन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...