News Portal

अब देशको मुहार फेर्न बिप्लब प्रधानमन्त्री हुनुपर्छ : भीम उपाध्याय

एनपर्दा संवाददाता
३२८ पटक

भीम उपाध्याय नेपाल सरकारका पूर्व सचिव।उनी सामाजिक संजालमा अत्यन्तै सक्रिय र लाखौं फ्लोअर्सले उनलाई पछ्याइरहेका छन्। खरो स्वभावका उपाध्याय राजनीतिक दलका नेता र तिनका खराब प्रवृति बिरुद्ध उत्तिकै खरो रुपमै आलोचना पनि गरिरहेकै हुन्छन्।

स्वदेश नेपाल युट्युबमा कुराकानी गर्दै उपाध्याले एमसिसी बारे राजनीतिक दलको अकर्मण्यताले गर्दा अहिले यत्रो बिरोध र जनतामा आक्रोस पैदा भएको बताए।एमसिसी लिने नलिने नेपाल सरकारको प्रष्ट धारणा हुनपर्ने उपाध्यायको भनाई छ।तर,अबको समयमा एमसिसी नेपालले स्विकार अनि अस्विकार जे गर्दा पनि नेताहरु अफ्ठ्यारोमा पर्ने र उनीहरुको राजनीतिक भविष्य नै धरापमा पर्ने पनि उपाध्यायको बुझाई छ।

नेत्र बिक्रम चन्द (बिप्लब) देशको प्रधानमन्त्री हुने हो भने उनले देशको मुहार फेर्न सक्ने र कांग्रेसका गगन थापा,एमालेका योगेश भट्टराई र माओवादीका जनार्दन शर्मा यी अहिलेका दोस्रो पुस्ताका नेताबाट भने केही राम्रो कामको आशा गर्न सकिने उपाध्यायले बताए।

गाँ,जा खेती देशको अर्थतन्त्रको मेरुदण्ड बन्न सक्ने र सरकारले गाँजा खेतीलाई कानुनी मान्यता दिएर यसलाई बैध बनाउँन पर्ने जसबाट नेपाली जनताको जीवनस्तर उक्सिनेमा उपाध्याय निकै नै आशाबादी छन्।

नेपालमा धर्म परिवर्तन बिदेशीको पैसामा भईरहेको र यस्ले भोलिका दिनमा निकै ठूलो द्धन्द निम्त्याउँन सक्ने चेतावनी दिदैं उपाध्यायले नेपालमा हुने कुनै पनि प्रकारका धर्म परिवर्तनलाई प्रतिबन्ध लगाउँन पर्ने माग गरे। हेर्नुहोस् उपाध्याय सँगको कुराकानी

कांग्रेस महामन्त्री गगन थापा रक्षामन्त्रीमा नियुक्त !
काङ्ग्रेस महामन्त्रीमा गगन थापा र बिश्वप्रकाश शर्मा भारी मतले बिजयी भएका छन ।महामन्त्रीको लागि लडेका मिनेन्द्र रिजालले चुनावको अन्तिम नतिजा आउनुभन्दा अगाडि नै हार्ने देखेपछी रक्षामन्त्री बाट नै राजिनामा दिएका थिए ।

खाली भएको मन्त्रालयमा कसलाई ल्याउने भन्ने चर्चा चलिरहेको बेला सर्वाधिक मत ल्याएर महामन्त्रीमा जितेका गगन थापा पहिलो नम्बरमा परेका छन ।

देशभर बाट गगन थापा नै रक्षामन्त्री हुनुपर्छ भन्ने जन दबाब शृजना भएको छ ।काङ्ग्रेस महाधिवेशनमा पदाधिकारीमा सबभन्दा बढी चासो महामन्त्रीमा कसले जित्छ भन्नेमा थियो । यसपालि छुट्टाछुट्टै प्यानलबाट तीन जना युवा नेता महामन्त्री उम्मेदवार बनेका थिए ।

गगन थापा दोस्रोपटक महामन्त्रीमा उठेका थिए। उनी शेखर कोइरालाको प्यानलबाट उम्मेदवार बनेका थिए। शेखरकै प्यानलमा मिनेन्द्र रिजाल पनि महामन्त्रीका उम्मेदवार उठेका थिए ।

सभापति शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल महामन्त्रीका उम्मेदवार उठेका थिए ।कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उठेका थिए। दोस्रो चरणको चुनावमा सिंहले देउवालाई समर्थन गरेका थिए ।

फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसले गरेको सर्भेक्षणले कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित हुने सर्वेक्षण गरेको थियो । यही संस्थाले सभापतिका उम्मेदवारले कति मत पाउन सक्छन् भनेर गरेको सर्भेक्षण र अन्तिम नतिजा मिलेको छ।मत परिमाण नमिले पनि कसले जित्छ भनेर गरेको सर्वेक्षण सत प्रतिशत मिलेको छ ।

फ्याक्ट्स नेपालको सर्भेक्षणमा सभापतिका लागि शेरबहादुर देउवाले ४५, शेखर कोइरालाले ३८, प्रकाशमान सिंहले ९ र विमलेन्द्र निधिले ८ प्रतिशत मत पाउने देखिएको थियो।पहिलो चरणको अन्तिम मत परिणाममा देउवाले २२५८ (४८.२५), शेखरले १७०२ (३६.३७), सिंहले ३७१ (७.९) र निधिले २५० (५.३४ प्रतिशत) मत पाए।

अन्तर्राष्ट्रिय स्तरका सर्भेक्षणहरूमा पनि अन्तिम परिणाम र सर्भेक्षणको नतिजा तीन प्रतिशत तल–माथि हुनुलाई स्वाभाविक मानिन्छ। फ्याक्ट्स नेपालको यही सर्भेले महामन्त्रीमा गगनले ४५, विश्वप्रकाशले २९, प्रदीप पौडेलले १०, प्रकाशशरण महतले ८, मिनेन्द्र रिजालले ७ र अन्यले १ प्रतिशत मत पाउने देखाएको थियो ।

फ्याक्ट्स रिसर्च एन्ड एनालाइसिसका संस्थापक एवं सिइओ हुन्, मनीष झा। उनले यो संस्था सन् २०१२ मा दर्ता गराएका थिए। ‘हामीले संस्था दर्ता गर्नुअघि नेपालमा रिसर्च गर्ने अरू संस्थाहरू कति छन् भनेर पनि रिसर्च गरेका थियौं,’ झाले भने, ‘त्यति बेला नेपालमा ४१ वटा रिसर्च संस्था रहेछन्। उनीहरूले डाटाहरू आफ्ना क्लाइन्टलाई मात्र दिँदा रहेछन्, आममानिसलाई दिँदा रहेनछन्।’

त्यसपछि आफूहरूले उनीहरूले नगरेको काम गर्ने योजना बनाएको झाले बताए। मिडियाहरूसँग सहकार्य गरेर उनीहरूले विभिन्न विषयमा गरिएका अनुसन्धानका विवरण सार्वजनिक गर्न थाले।

२०७० सालको चुनावमा उनीहरूले देशभरिका विभिन्न ५२ निर्वाचन क्षेत्रमा सर्भे गरे। संकलित डाटाले देखाउने ट्रेन्डबारे कार्यक्रम बनाए। ‘सुरूमा हामीले एभिन्युजलाई अनुरोध ग¥यौं। उनीहरूले सुरूमा दुइटा सो मात्रै दिए।

काठमाडौं–१० मा प्रचण्ड हार्दैछन् भन्दा एभिन्युजका कर्मचारीले मलाई तपाईंलाई मार्छन्, लुक्नुस् भनेका थिए,’ मनीषले सम्झिए, ‘मैले मनगढन्ते कुरा गरेको थिइनँ। जे डाटाले देखायो त्यसैको विश्लेषण मात्रै गरेको थिएँ।’

प्रारम्भिक मत परिमाणको आधारमा नै रक्षामन्त्री मीनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका थिए ।कांग्रेस महामन्त्रीमा मतगणनामा पछि परेका रिजालले सामाजिक सञ्जालमार्फत राजीनामा दिने घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...