News Portal

एमालेमा अर्को भूकम्प: यी सांसद सहित एमालेबाट एकैपटक पाँचसयबढी विद्रोह गरि नेकपा एसमा प्रवेश

एनपर्दा संवाददाता
३५०५ पटक

काठमाडौ ।

नेकपा एमालेका नेता पुर्व केन्द्रिय सदस्य तथा संविधानसभाका सभाषद धर्मराज निरौलासहित सो पार्टीका विभिन्न तहका पाँचसय बढी नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एकिकृत समाजवादीमा प्रवेश गरेका छन ।

विद्रोह गरेका नेताहरुलाई नेकपा एसको विभिन्न कमिटीमा राखी जिम्मेवारी दिन थालेपछि बिहिवार एमाले छाडेका नेता निरौलाले नेकपा एकिकृत समाजवादीको पोलिटव्युरो सदस्यको जिम्मेवारी पाएका छन ।संविधानसभा सदस्य भएका धर्मराज निरौला नेकपा एमालेको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सदस्य रहेका सुनसरी जिल्ला इन्चार्जसमेत रहेका थिए।

पोलिटव्युरोको जिम्मेवारी पाएका नेता निरौलाले कम्युनिष्ट पार्टीको स्थापनादेखि निरङकुशता विरुद्ध लडदै अनेक आरोह अवरोहबाट संद्यिय लोकतान्त्रीक गणतन्त्रसम्म आइपुग्दाको अवश्थामा प्राप्त उपलब्धीलाई केपी ओलीले निजी कम्पनीका रुपमा निजिकरण गरि नेपालको कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा लगेकाले आफुहरुले आन्दोलन जोगाउन विद्रोह गरेको बताए ।

नेता निरौलाले सुनसरी जिल्लामा एमाले भित्र रहेका सयौ नेता कार्यकर्ताहरु विद्रोह गरेर आफुसगै नेकपा एसमा समाहित भएकाले जिल्लामा पहिलो नम्बरको पार्टीका रुपमा स्थापित गराउन भुमिका निर्वाह गर्ने बताए ।

सुनसरीको रामधुनी नगरपालिका झुम्का घर भएका नेता निरौलासगै एमालेका विभिन्न कमिटीमा जिम्मेवारी निर्वाह गरेका ५ सयजना भन्दाबढी सुनसरीका नेता कार्यकर्ताहरु विद्रोह गरि नेकपा एसमा प्रवेश गरेका छन ।

नेकपा एस सुनसरीले आफनो नेकपा एक सुनसरी नाम गरेको फेसवुकपेज मार्फत नेता निरौला पार्टीको पोलिटव्युरो सदस्यमा जिम्मेवारी पाएको जानकारी बिहिवार सार्वजनिक गरेको थियो ।

नेकपा एकिकृत समाजवादी सुनसरीका अध्यक्ष गोविन्द निरौलाले एमालेबाट समाजवादीमा आएका जिल्लाका अन्य नेता कार्यकर्ताहरुको नाम पदसहितको जिम्मेवारी आउदो पुस महिना भित्र सार्वजनिक गर्ने बताए ।

नेकपा एस स्रोतका अनुसार पुस २३ गते एमालेको जिल्ला अधिवेशन भएकाले अधिवेशन लगतै सयौको सख्याँमा थप नेता कार्यकर्ताहरु सो पार्टीबाट सामुहिक रुपमा विद्रोह गरि आउने तयारीमा रहेकाले एक हप्तापछि विद्रोही नेता कार्यकर्ताहरुको नाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।

यो पनि हेर्नुहोस,एसपीभन्दा इन्सपेक्टर पावरफुल !
नेपाल प्रहरीका एक इन्सपेक्टरले एसपीलाई समेत गुमराहमा राखेर असुली धन्दा चलाएका छन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत इन्सपेक्टर भाष्कर चन्दले एसपी मनोज केसीलाई समेत थाहा नदिई जिल्लामा सेटिङ चलाएका छन् ।

उनले जिल्लाभित्रका विभिन्न प्रहरी चौकीहरूमा आफूनिकटका इन्चार्ज खटाएर असुलीधन्दा चलाइरहेका छन् ।प्रहरी निरीक्षक चन्द जिल्ला प्रहरी कार्यालयमा प्रशासन फाँट हेर्छन् । कुन प्रहरीलाई कहाँ पठाउने र कसलाई इन्चार्ज दिने भन्नेमा प्रशासन फाँटको ठूलो हात रहन्छ ।

चन्दले आफूनिकटका असई र सईलाई पैसा कमाई हुने ‘मालदार’चौकीमा इन्चार्ज खटाउने गरेका छन् । उनले इन्चार्ज र हवल्दार तथा सिपाहीलाई चौकीमा खटाउँदा क्षेत्रीयताका आधारमा समेत पक्षपात गर्ने गरेको प्रहरी कर्मचारीहरू गुनासो गर्छन ।

चन्द सुदूरपश्चिमका हुन् । उनले सई तथा असईलाई चौकीमा इन्चार्ज खटाउँदा सुदूरपश्चिमकालाई प्राथमिकता दिने गरेका छन् ।२०७७ चैतमा रुपन्देही आएका चन्दले त्यसयता तल्ला तहका प्रहरीको मनोबल गिर्ने काम गरिरहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक सईले जानकारी दिए ।

‘उहाँले विभिन्न चौकीमा इन्चार्ज खटाएर पैसा खाने, आफ्ना भेगका पठाउने (सुदुरपश्चिम) गर्नुहुन्छ’, ती सईले भने, ‘पैसा असुलीधन्दा गर्नकै लागि उहाँले भेगीय र क्षेत्रीयता हेर्दा काम गर्ने प्रहरी कर्मचारीको मनोबल गिरेको छ ।’

प्रहरी निरीक्षक चन्दले प्रत्येक चौकीबाट २० देखि ३० हजार रुपैयाँसम्म मासिक रकम बुझ्ने गरेका छन् । उनले मैनहिया, पिप्रहवा र बगाहा प्रहरी चौकीमा आफू निकटका असई खटाएका छन् । उनीहरुमार्फत् चन्दले मासिक रकम असुल्ने गरेका छन् ।

मैनहिया, बगाहा, पिप्रहवा बढी मात्रामा भारतबाट नेपालतर्फ सामान तस्करी हुने क्षेत्र हुन् ।यस्तै, प्रहरी निरीक्षक चन्दले मर्चवार, लुम्बिनी क्षेत्रबाट पनि मासिक रकम बुझ्ने गरेका छन् । रुपन्देहीका एसपी मनोज केसीले तस्करी शुन्यमा झार्ने अभियान चलाएका छन् । तर, मातहतका प्रहरी अधिकृत नै असुलीमा लागेपछि उनको अभियानमा ठेस लागेको छ ।

प्रहरी स्रोतका अनुसार एसपी केसीले तस्करीबाट अहिलेसम्म पैसा खाएका छैनन् । उनी प्रहरी खटाएर तस्करी रोक्न लागिपरेका छन् ।तर, चन्दले भने आफू निकटका प्रहरी खटाएर असुली गरेका छन् । एसपी केसीलाई विभिन्न बहानामा रिझाएर चन्दले आफू निकटलाई राम्रा चौकीमा पठाउने गरेको जिल्लामा कार्यरत प्रहरीहरू बताउँछन् ।

प्रहरी निरीक्षक चन्दले यतिसम्म गरेका छन् कि, कुनै प्रहरीले आफूलाई समस्या प¥यो, कुनै प्रहरी चौकीमा जान्छु भनेमा उल्टो कारबाही गरेर अन्त पठाउने गर्छन् ।

‘उहाँमा म अधिकृत हुँ र मेरो चल्छ भन्ने मानसिकता छ’, एक प्रहरी हवल्दार भन्छन्, ‘हाम्रा पनि समस्या हुन्छन्, यस्तो ठाउँमा पठाउनुस् सर भन्ने हो भने उल्टै कारबाहीस्वरुप अर्का ठाउँमा पठाउनुहुन्छ ।’

जिल्लामा कार्यरत एक प्रहरी दशैं, तिहारमा घर बिदामा गएनन् ।उनी क्रश्चियन धर्म मान्ने भएकाले क्रिसमसमा घर जाने भनेर दशैंतिहारमा घर गएका थिएनन् ।

तर, चन्दले क्रिसमसमा घरजानका लागि बिदा माग्दा ती प्रहरीलाई जिल्लाको दक्षिणी क्षेत्र मर्चवार पठाएका छन् ।उनी रुपन्देहीमा आएदेखि नै निरन्तर तल्लो तहका प्रहरी कर्मचारीलाई दबाउने गरेका छन् ।

यस्तै, उनी मातहत रहेका यमबहादुर बिक (हवल्दार)ले आफूनिकटका सिपाहीहरूलाई राम्रो ठाउँमा पठाउन सिफारिस गर्ने र घरबिदा दिँदा पैसा खाने गरेको प्रहरी स्रोतले बतायो ।

अपडेटः इमान्दारीता र बफादारितापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको छुः इन्सपेक्टर चन्द

इन्सपेक्टर भाष्कर चन्दले भने आफुमाथि लागेका आरोप गलत भएको बताएका छन् । प्रकाशित समाचार प्रति असहमति जनाउँदै उनले काम, कर्तव्य र नैतिक जिम्मेवारीलाई आफुले इमान्दारीता र बफादारितपूर्वक र कानून बमोजिम कामकाज गर्दे आएको बताएका छन् ।

‘आफ्नो मेहनत र लगनशीलताले नेपाल प्रहरी संगठनमा जनताको प्रत्यक्ष सेवा गर्ने हेतुले इमान्दारीता र बफादारीतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्ने एक जिम्मेवार प्रहरी कर्मचारीको भविष्यमाथि यस्ता तथ्यहित समाचारले प्रहरी संगठनको इज्जत र प्रतिष्ठामा आँच आउने गरी समाचार सम्प्रेषण गर्नु कति न्योचित हुन्छ ?’ उनले प्रश्न गरेका छन्।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...