
काठमाडौँ ।
सत्तारूढ दलहरू सबै एकातिर र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकातिर हुँदा पनि एमाले उम्मेदवार दुई तिहाइ मतसहित विजयी भएका छन । नवलपुरमा स्थानीय तहको झल्को दिनेगरी भएको खानेपानी संस्थाको चुनावमा सत्तारुढ गठबन्धन पराजीत भएको छ ।
जिल्लाको देवचुली नगरपालिकामा रहेको प्रगितनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचनमा सत्तारूढ गठबन्धनले शर्मनाक हार व्यहोरेको हो ।
संस्थाको अध्यक्षमा सत्तारूढ गठबन्धन अर्थात नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा चुनाव लडेका उम्मेदवार पराजित भएका छन । निर्वाचन समितिका अनुसार नेकपा एमालेको तर्फबाट प्रतिस्पर्धा गर्नुभएका खिमानन्द भुसाल अध्यक्षमा अत्याधिक मतसहित विजयी हुनुभएको छ ।
भुसालले २ हजार ४ मत प्राप्त गरी बिजयी प्रतिद्धन्द्धी कांग्रेसका नारायणप्रसाद पौडेलले १४४५ मत प्राप्त गरी पराजीत हुनुभएको हो । गठबन्धनका उम्मेदवार पौडेलले ५५९ मतान्तरले पराजति भएका हुन । ६ वडाको नौ वटा ब्लकमा भएको चुनावमा अधिकांश पदमा एमालेकै उम्मेदवार भारी मतसहित विजयी भएका छन ।
देशलाई सुख ,शान्त ,समृद्ध नेपाल बनाउने आधार मसँग मात्रै छ : माधव नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशलाई सबै खालका अन्यायबाट मुक्ति दिलाउन चाहेको बताउनुभएको छ । आज शुक्रवार काठमाण्डाैमा आयोजित उत्कृष्ट युवा किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले देशलाई सबै खालका अन्याय, अत्याचार र शोषण, दमनबाट मुक्ति दिलाउन चाहेको बताउनुभएको हो
। उहाँले देशलाई समृद्ध बनाउने पर्याप्त आधारहरू आफूसँग रहेको समेत बताउनुभयो । अध्यक्ष नेपालले यो देशलाई पिछडिएको अवस्थाबाट समुन्नत बनाउने पर्याप्त सम्भावना रहेको भन्दै देशमा नै नागरिकलाई खानका लागि चाहिने खाद्यान्नको आवश्यक परिपूर्ति पूरा गर्न सकिने बताउनुभयो । उहाँले नेपालमा रहेको अर्थतन्त्रका क्षेत्रमध्ये
कृषि अत्यधिक महत्त्वपूर्ण भएकाले कृषिलाई सबैभन्दा बढी प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी हाम्रो देश नेपाललाई गरिबी, अभाव र
बेरोजगारीबाट मुक्त गराउन चाहन्छौँ । नेपाललाई शोषण, दमन, उत्पीडनबाट मुक्त गर्न चाहन्छौँ । देशलाई सबै खालका असमानता, अन्याय, अत्याचार र थिचोमिचोबाट
मुक्त गर्न चाहन्छौँ । हामी हाम्रो देश नेपाललाई सुन्दर बनाउन चाहन्छौँ । नेपाली जनतालाई सुखी बनाउन चाहन्छौँ । हामी प्रत्येक नेपालीको अनुहारमा उज्यालोपना देख्न चाहन्छौँ । मधुर मुस्कान देख्न चाहन्छौँ । प्रसन्न हृदयी भएको देख्न चाहन्छौँ । हामी प्राकृतिक सम्पदामा धनी देश हौँ । कृषि, पर्यावरण, वनजङ्गलको क्षेत्रमा धनी देश हौँ ।
फलफूलदेखि लिएर माछामासुसम्म सबै उपभोग्य वस्तु, शरीरको निम्ति अत्यन्तै पोषक तत्त्वहरू, हामी हाम्रै देशमा उत्पादन गर्न सक्छौँ । हाम्रो नागरिकको आवश्यक्तालाई पूरा गर्न सक्दछौँ । साथै उत्पादन गरेर विदेशमा निर्यात पनि गर्न सक्दछौँ । अध्यक्ष नेपालले कृषिमा लाग्दा इज्जत नघट्ने भन्दै सरकारले कृषिलाई बजारसँग जोड्न
भौतिक पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले सरकारले गुणस्तरलाई हेरेर छिटो र छरितो विज्ञान प्रविधिलाई कृषिमा जोड्नुपर्ने बताउनुभयो । अध्यक्ष नेपालले
नेपालमा पर्यटन, जलविद्युत् र कलकारखाना खोल्न बलियो सम्भावना रहेको तर यसमा अध्ययन र अनुसन्धान आवश्यक रहेको बताउनुभयो । उहाँले प्रविधिको
प्रयोगसँगै वातावरणलाई पनि त्यत्तिकै महत्त्व दिन आवश्यक रहेको भनाइ राख्नुभयाे । अध्यक्ष नेपालले नेपालमा प्रतिहेक्टर, प्रतिबिघा उत्पादन गर्ने क्षमता अत्यन्त कम रहेको भन्दै थोरै ठाउँमा
धेरै उत्पादन हुने गरी आधुनिक तरिकाबाट कृषि गर्नुपर्ने बताउनुभयो । उहाँले सामूहिकता र सहकारिताका साथ कृषिमा लागे सबैलाई लाभ हुने बताउनुभयो । उज्यालो बाट साभार गरिएको