News Portal

माओवादी केन्द्रमा सहमती, बरिष्ठमा श्रेष्ठ, उपाध्यक्षमा महरा, अनन्त, गुुरुगं र पम्फा, महासचिवमा जर्नादन शर्मा

एनपर्दा संवाददाता
३३२३ पटक

काठमाडौं:।

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशन जारी छ । हिजोबाट सुरु भएको महाधिवेशन पुष १५ गतेसम्म चल्ने जनाईएको छ ।आज दोस्रो दिन बन्दसत्र हो । अहिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

उनी लगातार दुई घण्टादेखि आफ्नो प्रतिवेदनबारे प्रकाश पार्न व्यस्त छन् ।यो महाधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्ने जनाईएको छ ।अध्यक्षमा प्रचण्डको विकल्प नभएको नेताहरुले बताउने गरेका छन् ।

महाधिवेशन सुरु हुनु अघिल्लो दिन अवेर राति सम्पन्न स्थायी कमिटी र महाधिवेशन सुरु हुने दिन विहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई बहुपदीय प्रणालीमा लगिएको छ।

जसअनुसार अध्यक्ष, १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।अध्यक्षमा दाहालको विकल्प नभएको नेताहरुले नै सार्वजनिक रुपमा बताईसकेका छन् ।

तर, अध्यक्षपछिको शक्तिशाली पद महासचिवमा भने तीन जनाको दाबी रहेको बुझिएको छ।नेताहरु जनार्दन शर्मा, वर्षमान पुन र पम्फा भुषाल ।यी तीनमध्ये अहिले पुन उपचारको लागि चीनमा छन् ।

तर, दाहालले भने महासचिवमा अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मालाई ल्याउन चाहेको नेताहरुले बताएका छन् ।हुन त यसअघि पुनले आफूलाई नै महाधिवेशन हलमार्फत महासचिव घोषणागर्नुपर्ने माग अध्यक्ष दाहालसामू राखेको पनि बताईएको छ ।

दाहालले शर्मालाई महासचिव बनाउने र पुनलाई उपाध्यक्षमा राख्ने मनस्थिति बनाएको एक नेताले जनाए ।वरिष्ठ उपाध्यक्षमा भने नारायणकाजी श्रेष्ठ चयन हुने बताईएको छ । ६ उपाध्यक्षमा भने कृष्णबहादुर महरा, वर्षमान पुन, पम्फा भुसाल, मात्रिका यादव, गिरिराजमणि पोखरेल, देव गुरूङ, हरिबोल गजुरेलको नाम चर्चामा छ

प्रचण्डको माओवादी रफ्तारमाः महासचिव, वरिष्ठ उपाध्यक्ष र उपाध्यक्षहरुको लाग्यो टुङ्गो !
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीमा महत्वपूर्ण पदहरुमा लगभग टुङ्गो लागेको खबर छ । नेकपा माओवादी केन्द्रको महासचिव जनार्दन शर्मा बन्ने निश्चितजस्तै भएको छ।

आइतबारदेखि जारी माओवादी केन्द्रको महाधिवेशनबाट शर्मालाई महासचिव बनाउने मनस्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेको स्रोतको दाबी छ।

शर्माले आफू महासचिवको दाबेदार रहेको हामीसँगको कुराकानीमा समेत बताएका थिए। माओवादी केन्द्रले विधानमा १ वरिष्ठसहित ७ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्षको प्रावधान गरेको छ।

अध्यक्षमा प्रचण्डलाई निरन्तरता दिने निश्चित नै छ। अध्यक्षपछिको शक्तिशाली पदमा शर्माको सम्भावना बलियो बन्दै गएको माओवादी केन्द्रका एक नेताले बताए।

महासचिवको प्रमुख दाबेदारको रूपमा स्थायी कमिटी सदस्य वर्षमान पुन र शर्मालाई हेरिएको छ। पुन स्वास्थ्य समस्याका कारण चीनमा छन्। गत असोजमा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका पुन मंसिरदेखि चीनमा छन्।

महाधिवेशनका लागि पुन फर्किन चाहेका थिए। तर चिकित्सकले नफर्किन भनेकोले उनी उतै बसेका हुन्। प्रचण्डले समेत उनलाई अहिले नफर्किन भनेका छन्। प्रचण्डले अहिले पदाधिकारीको टुंगो नलगाउने आश्वसन दिएको पुननिकट स्रोतको दाबी छ।

तर महाधिवेशनबाटै पदाधिकारीको टुंगो लगाउन प्रचण्डलाई दबाब परेको छ। माओवादीको विधान अनुसार महाधिवेशनले केन्द्रीय कमिटी बनाउँछ भने केन्द्रीय कमिटीले पदाधिकारीको टुंगो लगाउँछ।

महाधिवेशनबाटै महासचिवको टुंगो लगाउने अवस्थामा शर्माकै पल्ला भारी हुने माओवादीका एक नेताले दाबी गरे। ुअहिले महासचिवको बलियो उम्मेदवार पुन र शर्मानै हुन्। तर पुन चीनमै रहेकोले शर्मालाई रोक्न कठिन छ,ुती नेताले भने,ुपुन नभएको अवस्थामा निर्वाचन नै भयो भने पनि शर्माले जित्ने निश्चित छ। अर्कोतिर पुनको अनुपस्थितिमा शर्मा नै प्रचण्डको रोजाइमा पर्छन्।ु

स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि महासचिवमा दाबी गरेकी छन्। हामीसँग कुराकानी गर्दै उनले अध्यक्षपछिको शक्तिशाली पदका लागि आफू योग्य रहेको बताएकी छन्।

प्रतिकृया दिनुहोस्

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...

भरतपुरका तीन वडामा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत, देवी ज्ञवाली भन्छन्- त्यतिबेला मलाई आएको मत भुइँकटहरमा गएजस्तो छ

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका...

प्रचण्डकाे इलाकामा एमालेले गाड्याे विजयकाे झण्डा, माओवादीको लाल किल्ला गर्लम्मै ढल्यो

काठमाडौं । स्था नेकपा एमालेले चितवनको माडीमा मेयर पद जितेको छ। माओवादी केन्द्रका ऋषि काफ्लेलाई...

एमालेलाई पत्तासाफ गर्दै धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादी विजयी

काठमाडौं । धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका...

प्रचण्डको गृहजिल्लामा माओवादीको पुरै प्यानल बिजयी, देशभर तहल्का !

काठमाडौ । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट...