News Portal

योगेश भट्टराई मन्त्री हुँदा भएको चार्टर फ्लाइटको अनियमितता छानबिन गर्न समिति गठन, भट्टराई फन्दामा !

एनपर्दा संवाददाता
५०२ पटक

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा एक छानबिन समिति गठन गरेको छ । मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो ।

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन् । समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताए । उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ ।

तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईको कार्यकालमा खाडी मुलुकका कामदारको उद्धारका लागि चाटर्ड फ्लाईट गरिएको थियो । ति फ्लाइटहरुमा मिलेमतो गरि करोडौं अनियमितता गरिएको आरोप लाग्दै आएको छ । अध्ययन समितिले कैफियत फेला पारेमा तत्कालिन मन्त्री योगेश भट्टराई समेत मुछिने सम्भावना छ । https://sudarshankhabar.com/ बाट साभार गरीएकाे हाे ।

ओलिले आउने चुनाबमा १० सिट ल्यादैनन, जमानत जाेगाउन धाै छ : नेता नेपाल
सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।

सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुने जनाइएको छ । राईले आफु अध्यक्ष रहेको २५ सदस्यीय कार्यसमिति सदस्य रहेको पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएको बताए ।

यस्तै नेकपा लोकतान्त्रिक पनि दर्ताको तयारीमा छ । सुदीप रुवाली अध्यक्ष र सृष्टी बराल महासचिव रहेको उक्त पार्टी निषेधाज्ञाकै बीच दर्ताका लागि गए पनि आयोगले विधान नमिलेको भन्दै फिर्ता पठाएको थियो । दल दर्ताका लागि निवेदन आएको तर त्यो प्रक्रियामै रहेको आयोगले जनाएको छ ।

विधानमा संशोधन गरेर बिहीबार पुनः दर्ताका लागि निवेदन दिइएको रुवालीले बताए । रुवाली माधव नेपालपक्षीय युवा संघका केन्द्रीय सदस्य हुन् । चितवनका रुवालीले सो समूहका अध्यक्ष नरेश शाही र उपाध्यक्ष नितेश पौडेललगायतसँगको सल्लाहपछि दल दर्ताका लागि निवेदन दिएको बताइएको छ ।

महासचिवमा प्रस्तावित बराल भने भर्खरै एलएलबीको पढाइ सकेकी नवोदित कानून व्यवसायी हुन्। उनी भने कुनै भ्रातृ संगठनमा संलग्न नरहेको बताइएको छ । प्रस्ताविक कार्य समितिको पदाधिकारीमा उपाध्यक्ष धिरेन्द्र शाही, सचिव बासुदेव भट्टराई, कोषाध्यक्ष निर्मला कोइराला छन् ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...