News Portal

माओवादीले गर्दा रंगशाला बन्ने भयाे वल्ल आनन्दले सास फेर्न पाएकाे छु : सिताराम कट्टेल (धुर्मुस)

एनपर्दा संवाददाता
१००२ पटक

काठमाडाैँ ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

मेयर दाहालले धुर्मुस-सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।

दाहालका अनुसार धुर्मुस-सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट पनि सोचेअनुरुप सहयोग प्राप्त नभएपछि महानगरलाई स्वामित्व लिन आग्रह गरेको थियो ।

मेयर दाहालले भने सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार काम अघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।

मेयर दाहालले भनेकी छन्, ‘हामीले प्रक्रिया अघि बढाइसकेका छौं । हुन त हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने दायित्व धुर्मस-सुन्तली फाउण्डेशनको हो ।

महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौं । राम्रो सहयोग जुटेको हो ।

आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो । लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो ।’

रंगशाला निर्माणका लागि महानगरले विभिन्न माध्यमबाट स्रोत उपलब्ध गराएको पनि मेयर दाहालको भनाइ छ । यसअघि नै फाउन्डेशनलाई महानगरले आर्थिक सहयोग जुटाउने काम गरेको मेयर दाहालले बताइन् ।

तैपनि फाउन्डेशनले ऋण बढी भएर थप श्रोत जुटाउन नसक्ने भनेपछि यसको स्वामित्व लिन महानगर तयार भएको मेयर दाहालले बताइन् । केन्द्र र प्रदेश सरकारसँग पनि यसबारे समन्वय गरेर काम अगाडि बढाउने उनले बताएकी छन् ।

‘महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौं। १८/२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराइएको हो । १७ करोड ऋण लागिसकेपछि उहाँहरूले गर्नसक्ने स्थिति भएन । ऋण लगाएर गर्ने कुरा पनि भएन ।

उहाँहरूले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरूले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेस गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गर्छौं । सरकार जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ ।

सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौं,’ मेयर दाहालले भनिन् । मेयर दाहालले महानगरको विकास र शीर्षस्थ नेतृत्वका कारण जिल्लाले छोटो समयावधिमै विकास निर्माणका कामलाई गति दिएको बताएकी थिइन् ।साथै चितवन जिल्ला हाल दुग्ध उत्पादन, माछा, केराखेतीसहित कृषि क्षेत्रमा आत्मनिर्भर रहेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...